July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

धान काट्न तीन–चार दिन पर्खिन बिज्ञको सुझाव

Advertisement

भैरहवा– धान पाक्न थालेपछि यतिबेला तराइका समथर खेतका फाँट पहेँलपुर देखिन थालेका छन् । चाँडो पाक्ने जातका धान लगाएका व्यवसायिक कृषक धान काट्ने तयारीमा जुटेका छन् । कृषि बिज्ञहरुको भने धान काट्नका लागि अझ ३–४ दिन पर्खिनु पर्ने सुझाव छ ।

Advertisement

रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासी जिल्लाको तराइ क्षेत्रमा पाकेको धान भित्राउनका लागि काट्ने तयारी गरेका किसानहरु अहिले पनि आकाशमा घरिघरि बादल मडारिन थालेपछि वर्षा हुने आशंकाले धान काट्न डराइरहेका छन् ।

‘खेतमा धान पाकिसकेकाले काट्नका लागि तयारी अवस्थामा छौं’, रुपन्देहीको ओमसतिया गाउँपालिका–२, बड्की दुमदुमुवाका किसान भरत पालले भने, ‘तर घरिघरि आकाशमा बादल लागेको देख्दा वर्षाले काटेको धान चुट्ने त होइन ? भन्ने डर लाग्छ ।’

रुपन्देही लगायत लुम्बिनी प्रदेशको तरार्इ क्षेत्रमा किसानहरुले प्रायः राधा–४, सुख्खा १, २, ३, गोरखनाथ, हर्दिनाथ–६ लगायत्का चाँडो पाक्ने जातका धान खेती गर्ने गर्छन् । असोज महिनामैँ धान काटेपछि तोरी वा तरकारी खेती लगाउने गर्छन् ।

भैरहवास्थित कृषि ज्ञान केन्द्र, रुपन्देहीका प्रमुख भाष्कर पौडेल मनसुन बाहिरिने क्रम जारी रहे पनि पश्चिमी बायुको प्रभाव अझ कायमैं रहेकाले तीन–चार दिन पर्खिन सुझाव दिन्छन् ।

‘पछि पाक्ने धान काट्नका लागि अझ कम्तिमा तीन साता जति समय लाग्ने हुँदा त्यतिञ्जेल मौसम अनुकुल हुन्छ’, पौडेलले भने, ‘चाँडो पाक्ने जातका धान काट्नका लागि पनि अझै तीन–चार दिनको मौसम पर्खिंदा राम्रो हुने छ ।’

पौडेलका अनुसार, धानको बालामा अझ चिसोपन (मोइस्चर) छ । बाला राम्ररी नसुकिकन काट्दा पछि कुहिने सम्भावना हुन्छ । अर्कोतर्पm खेत पनि चिसो र अझै माटो गिलो छ । जसकाकारण धान काट्ने कम्बाइन हार्बेष्टरको प्रयोग गर्दा गिलो माटोमा समस्या हुन्छ ।

रुपन्देहीमा यस वर्ष ६० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा धान खेती गरिएको छ । धान रोप्ने बेलामा र रोपेको लामो दिनसम्म सुख्खा रहेकाले उत्पादनमा केही कमी आउने अनुमान छ । रुपन्देहीमा गत वर्ष करिव २ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।