भूकम्पको उच्च जोखिममा नेपालगञ्ज

भैरहवा– सहरमा पुराना भौतिक संरचना र भूकम्प प्रतिरोधी भवन निर्माण गर्नेतर्फ चासो नदिइँदा नेपालको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक सहर नेपालगञ्ज भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।
सहरीकरणको क्रम बढ्दै गएको अनुपातमा भूकम्प प्रतिरोधी घर बनाउने क्रम कम भएको र धेरै संख्यामा पुराना र जीर्ण भैसकेका घर तथा भवन यथावत नै रहेकाले भूकम्पबाट हुने क्षती नेपालगञ्जमा धेरै हुने आकलन गरिएको हो ।
नेपालगन्जमा भूकम्प गए हुनसक्ने क्षति र पूर्व तयारीबारे सुपर परियोजनाले नेपालगन्जमा वस्तुस्थिति अध्ययन गरी अनुसन्धानका क्रममा ७–८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जमा २ सय १८ घर पूर्णरूपमा क्षति हुने अनुमान गरेको छ । ८ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएमा ३ हजार घरमा क्षतिपुग्न सक्ने पूर्वानुमानसहितको प्रक्षेपण गरिएको छ ।
एक दशकको अवधिमै मुलुकमा आएका दुई ठूला भूकम्पले देशमा ठुलो धनजनको क्षति गरेपछि सरकारी स्तरका भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन थालिए पनि व्यक्तिगत रूपमा गरिने निर्माणमा अभैmपनि लापरवााही गर्ने गरिएको पाइएको छ । ।
पश्चिम नेपालमा भूकम्प गएमा ठुलो जनधनको क्षति हुने आकलनसहितको तथ्याङ्कहरू विभिन्न चरणमा सार्वजनिक हुँदै आएका छन् । सबैभन्दा धेरै जोखिम पुरानो नेपालगञ्जमा देखिएको छ ।
परियोजनाको अध्ययन अनुसार, नेपालगन्जमा मात्र ११ हजार ८ सय भन्दा बढी मानिस विपद्को जोखिममा रहेका छन् । त्यसैले पनि सुपर परियोजनाले पूर्वतयारी र प्रतिकार्यमा जोड दिएको छ । सुपर परियोजनाले भूकम्पको असर, पूर्वतयारी र स्रोत विकासका लागि पूर्व तयारी योजना बनाउन नेपालगञ्जमा दोस्रो चरणको अध्ययन सुरु गरिएको सुपर परियोजनाका रूपन ज्ञवालीले जनाएका छन् ।
नेपालगञ्जमा भुकम्प लगायत् बिपतको जोखिमका वारेमा अध्ययन, अनुसन्धान सुरु गरिएको जनाउँदै ज्ञवालीले नेपालगन्जका सबै वडामा अध्ययन बताए । भूकम्प आइहाले हुने क्षतिको पूर्वानुमान र त्यसको व्यवस्थापनको पूर्व तयारी भए भूकम्पका बेला प्रभावकारी काम गर्न सकिने ज्ञवालीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्