लुम्बिनी सरकारले पश्चिम नवलपरासीमा सडक पूर्वाधार विकास कार्यालय खोल्ने
भैरहवा– लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भए पनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि, परिवारवनमा समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपद् अघि, विपदको बेलामा र विपद् पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनिकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरु थिए । यस्तै, बैठकले प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्