May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सटरसहितको भवन बिद्यालयलाई हस्तान्तरण

भैरहवा– भैरहवाको प्रशिद्ध औद्योगिक घराना न्यौपाने परिवारद्वारा भैरहवाको भानु माध्यामिक परिसरमा निर्मित दुईवटा सटरसहितको ‘विश्व गायत्री स्मृति भवन’ सोमबार बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक योगदान पुर्याउँदै आएको भैरहवाको प्रशिद्ध औद्योगिक घराना न्यौपाने परिवारले १० लाख रुपैयाँ लागतमा ति सटर निर्माण गरिदिएको हो । भैैरहवाका प्रशिद्ध समाजसेवी स्व.लीलाराम न्यौपानेको धर्मपत्नी कुन्तिदेवी न्यौपानेले बिद्यालय परिसरमा नवनिर्मित ति सटरको बिद्यालयलाई हस्तान्रण गरेकि हुन् । स्व.लीलारामका छोरा बिष्णुप्रसाद न्यौपानले उक्त रुकम उपलब्ध गराएका थिए ।

Advertisement

न्यौपाने परिवारका सदस्य बिष्णुले मुलुकका विभिन्न २९ वटा बिद्यालयमा छात्रबृत्ति अषयकोषको स्थापना र भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए । ‘बिशेष गरि सरकारी स्तरबाट संचालित बिद्यालय र अस्पताललाई सक्दो सहयोग गर्ने हाम्रो मान्यता छ’, उनले भने ।

न्यौपाने परिवारले भानु माध्यामिक बिद्यालय संचालनका लागि जमिन र फर्निचरको पनि व्यवस्थापन गर्नुका साथै विश्व गायत्री स्मृति छात्रबृत्ति अक्षयकोषको समेत स्थापना गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले नवनिर्मित ति सटरलाई चाँडै टेण्डर आह्वान गरि सदुपयोग गरिने बताए । उक्त परिवारले भैरहवास्थित लीलाराम न्यौपाने मावि परिसरमा करिव ६५ लाख रुपैयाँ लागतमा निर्माण गरेको ६ कोठे भवनको आउँदो बिहीवार उक्त बिद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।