May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा गुप्ता

भैरहवा– मोबाइल ब्यवसायी संगठन, रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता (बीएन) सर्वसम्मत निर्वाचित भएका छन् । उनी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । संगठनको शनिबार भैरहवामा सम्पन्न प्रथम अधिवेशन तथा साधरणसभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गुप्ता यसअघि संगठनको तदर्थ समितिको संयोजक थिए ।

Advertisement

संगठनको उपाध्यक्षमा हरिबहादुर पाण्डे, महासचिवमा राजकुमार गुप्ता हलुवाई, सचिवमा सन्तोषकुमार नाउ, सह–सचिवमा प्रविन गैरे, कोषाध्यक्षमा श्यामप्रकाश गुप्ता र सह–कोषाध्यक्षमा दिनेश गुप्ता निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रख्यात बञ्जाडेले बताए ।

Advertisement

यस्तै, संगठनको कार्यसमिति सदस्यहरुमा दीपक पौडेल, जसवन्त धवल, सत्यम कलवार, पुरुषोत्तम केशरी, रमेश यादव र मोहम्मद रसिद मुसलमान सर्वसम्मत निर्वाचित भएका छन ।

यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै उद्योग ब्यपार महासंघका केन्द्रीय सचिवालय सदस्य मनिषकुमार जोशीले व्यवसायीहरु एकजुट भएर व्यवसायिक र संस्थागत विकासमा लाग्नु स्वागतयोग्य विषय भएको जनाए । उनले संंगठनको उद्देश्य, यसको महत्व, साझ प्रयास, संगठनको बार्षिक कार्ययोजना र यसको स्थायित्वको साथै आर्थिक एवम् रणनैतिक रुपले काम गरे संगठन बलियो हुने जनाए । जोशीले खुला सीमाले गर्दा अवैध मोबाइल भित्रिने र यसले ब्यवसायीलाई समस्या भइरहेको भन्दै रोक्न माग गरे ।

नवनिर्वाचित अध्यक्ष गुप्ताले सबै व्यसायीलाई गोलबन्ध गरी संस्थागत र व्यवसायिक विकासमा आफ्नो कार्यकालमा काम हुने जनाए । साधारणसभामा बोल्ने वक्ताहरुले अहिलेको नेपाल भारतको खुल्ला सीमाको कारण मोबाइल ब्यवासायीहरु समस्यामा परेको गुनासो गरेका थिए । कार्यक्रममा संगठनकासल्लाहकार गिरिशचन्द्र त्रिपाठी, लुम्बिनी प्रेस क्लवका कार्यवाहक अध्यक्ष कमल रायमाझी, ब्यवसायी हरिश सेठिया लगायतले बोल्दै संस्थागत विकासमा एकजुट हुन जोड दिएका थिए ।