April 23, 2025, Wednesday
२०८२ बैशाख १०

लुम्बिनीमा दानवापत १ करोड ६ लाख संकलन

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा दानवापत १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । यहाँस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट उक्त रकम संकलन भएको हो ।

आर्थिक वर्ष २०८०–८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए ।

Advertisement

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा पुस १७ गते दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाइएको छ ।

पछिल्लो समय लुम्बिनी आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । यसअघि कार्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको थियो ।