June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

सियारीको नीति तथा कार्यक्रम र बजेट पारित

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकाको बजेट पारित भएको छ । बुधबार बसेको गाउँपालिकाको १३ औँ नगर सभाको दोस्रो बैठकले आर्थिक वर्ष ०८०–०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

Advertisement

असार ९ गते पालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने असार १० गते पालिका उपाध्यक्ष तारा थारुले बजेट प्रस्तुत गरेकी थिइन् । बैठकले उपाध्यक्ष थारुले पहिलो बैठकमा प्रस्तुत गरेको ६३ करोड ५६ लाख ५२ हजार ५ सय रुपैयाँको बजेट संसोधनसहित सर्वसम्मतीले पारित गरेको हो ।

Advertisement

यस्तै गरी गाउँपालिका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफल पछि केही संशोधनसहित सभाले सर्वसम्मतले पारित गरेको हो । यस्तै सभाले सियारी गाउँपालिकाको स्थानीय तहको कर्मचारी व्यवस्थापन गर्ने बिधेयक २०८०, सियारी गाउँपालिकाको जलश्रोत बिधेयक २०८०, गाउँपालिका आकस्मिक कोषको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन तथा सियारी रोजगार रणनीति सर्वसम्मतिले पारित गरेको प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले बताए ।

आर्थिक वर्ष ०८०–०८१ मा संघीय सरकारबाट समानीकरण अनुदानमा १२ करोड ५३ लाख, संघीय राजश्व बाँडफाँडमा ९ करोड ४७ लाख ८३ हजार २ सय, प्रदेश समानिकरणमा ९ करोड २४ लाख ५ हजार, प्रदेश राजश्व बाँडफाँडमा ४० लाख ५३ हजार ६ सय ३० रुपैयाँको बजेट अनुमान गरी पारित भएको पालिकाले जनाएको छ ।

१३ औं अधिबेशनको तेस्रो बैठकमा बोल्दै अध्यक्ष घिमिरे, उपाध्यक्ष थारु, वडाध्यक्ष शेरबहादुर गुरुङ, कार्यपालिका सदस्य अन्जु रोक्का, वडा सदस्यहरु सन्तोष शर्मा, प्रकाश थापा लगायतले नीति तथा कार्यक्रम र बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै जानेमा जोड दिए । उनीरुहरुले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएजस्तै बजेटलाई पनि कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए । सियारीले पालिकालाई आत्मनिर्भर बनाउनका लागि हल्दी, खुर्सानी र लसुनमा अनुदान दिने निर्णय गरेको छ ।