June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

असार पाँचदेखि लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट रुटप्रमिट

भैरहवा– आगामी दिनमा लुम्बिनी प्रदेशका जुनसुकै यातायात कार्यालयबाट अन्तरप्रदेशीय रुट परमिट प्राप्त हुने भएको छ । यसअघि बुटवलस्थित यातायात कार्यालयबाट मात्रै यस्तो प्रमिट दिने व्यवस्था थियो ।

Advertisement

यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मातहतका सबै कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेले असार ५ गतेदेखि कार्यान्वयन हुने गरी यातायात कार्यालय र जिल्लास्तरमा स्थापना भएका यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको बताए ।

Advertisement

लुम्बिनीको बुटवल, दाङ र बाँकेमा यातायात कार्यालय छन् भने अन्य जिल्लामा स्थानमा यातायात व्यवस्था सेवा कार्यालय छन् । मन्त्रालयले अन्तरप्रदेश दर्ता भएका सवारी साधनको कर समेत लिन सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरुमा निर्देशन गरेको छ ।

सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकार पूर्णरुपमा कार्यान्वयनको चरणमा लगेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको भनाई छ । ‘प्रदेशको अधिकार क्षेत्रलाई फराकिलो बनाउँदै व्यवस्थित गरेर जाने सरकारको नीति छ, त्यही अनुसार अघि बढेका छौं’, उनले भने ।