June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

प्रदेश सरकारद्वारा खानेपानी र सडकलाई प्राथमिकता

भैरहवा– लुम्बिनी प्रदेश सरकारको संकल्प प्रस्तावकारूपमा रहेको खानेपानीको ‘एक घर, एक धारा’ अभियान सफल पार्न सघन खानेपानी कार्यक्रमका लागि १ अर्ब ३२ करोड रकम विनियोजन गरेको छ । सरकारले भौतिक पूर्वाधारतर्पm स्थानीय तह र प्रदेश पहुँच मार्ग निर्माणमा झण्डै ५ अर्ब बजेट विनियोजन गरेको छ । त्यसले स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति, कालोपत्र र पुल निर्माण गर्ने सरकारको लक्ष्य छ ।

Advertisement

त्यस्ता सडक दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची र गुल्मी केन्द्रित योजना धेरै छन् । पर्यटनतर्पm सरकारले प्यूठानको स्वर्गद्वारी, गुल्मीको रेसुंगा र रुरु, पाल्पाको रानी महल, नवलपरासीको रामग्राम, रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तिलौराकोट जोड्ने गरी ‘लुम्बिनी सर्किट’ निर्माण गर्न पनि बजेट बिनियोजन गरेको छ । सरकारले सांस्कृतिक डबली, नाच घरलगायतका संस्कृति संरक्षणका लागि पनि २० करोड बढी रकम विनियोजन गरेको छ ।

Advertisement

आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, प्रदेशको प्रथम आवधिक योजना र १० वर्षे दीर्घकालीन रणनीतिक योजनालाई आधार बनाएर आगामी वर्षको बजेट तर्जुमा गरिएको बताए ।

‘चालु आवको राजस्व संकलन तथा प्राप्ती लक्ष्य भन्दा कम रहेकाले राजस्व प्रणालीमा सुधार, चुहावट नियन्त्रण र करको दायरा विस्तार गरी राजस्व वृद्धि गर्ने चुनौती छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकारको अधिकार क्षेत्र पूर्ण उपयोग गर्दै संघीय अनुदान एवं राजस्व बाँडफाँटमा निर्भर हुने प्रादेशिक राजस्व संरचनामा परिवर्तन गर्नु जरुरी छ ।’ स्रोत साधनको समुचित परिचालन मार्पmत सार्वजनिक खर्चलाई उपलब्धिमूलक र नतिजामुखी बनाउने चुनौती पनि रहेको उनले बताए ।