गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मकः भारतीय राजदुत श्रीवास्तव


लुम्बिनी– नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आवश्यक नयाँ हवाई रुट उपलब्ध गराउने बारे दुबै मुलुकबीच छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका छन् ।
योग दिवसको अवसरमा मंगलबार लुम्बिनीमा आायेजित कार्यक्रममा बोल्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढिरहेको र सकारात्मक नतिजा पनि आउने प्रतिबद्धता उनले जनाए । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं,’ उनले भने, ‘यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको उनले बताए । पछिल्लो समय योग नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको उनले बताए । राजदुत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको उल्लेख गरे ।







प्रतिकृया दिनुहोस्