June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

भारतले निर्माण गरेको सडकले बस्ती डुवानको जोखिमा

बाँके– बाँकेको सिमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको सडकका कारण बस्ती डुब्ने खतरा बढेको छ । सीमा सडकको नाममा भारतले नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाह नजिक पक्की सडक निर्माण गरेको छ । बस्ती डुब्ने भन्दैं स्थानीयले यस्तो निर्माणको बिरोध गरे पनि सुनुवाई भएको छैन ।

Advertisement

उपमहानगरकै सिमानामा मात्र नभएर भारतले लुम्बिी प्रदेशका सीमा क्षेत्रमा यस्तो सडकलाई निर्माणलाई निरन्तरा दिँदै आएको छ । भारतले आफने सीमा सुरक्षा बल (एसएसबी) को निगरानीमा यस्ता सडक निर्माण गरिरहेको स्थानीयले बताएका छन् । बाँकेको पूर्वी सिमादेखि पश्चिम जमुनाह नाकासम्म कालोपत्रे पक्की सडक निर्माण गरेको हो ।

Advertisement

यहाँका स्थानीयका अनुसार २०७० चैतबाट जिल्लाको सुइया बघौडाकोे दक्षिणबाट दशगजाको समानान्तर हुने गरि भारतले सडक निर्माण गर्न थालेको थियो । जसका कारण नरैनापुरका धेरै बस्ती बर्षामा डुब्ने गरेको छन् । पश्चिममा भारतको लक्ष्मणपुर बाँधदेखि नेपालको साइगाउँसम्म २१ किलोमिटर सडक निर्माण गर्दै आएको छ । यसबाट डुडुवा गाउँपालिका सगै नेपालगन्ज उपमहानगरपालिकाका सिमावर्ती बस्ती डुबानको उच्च जोखिमा छन् ।

निर्माणाधीन सडक जमिनको सतहबाट २ दशमलव ५ मिटर उचाईमा छ । दसगजाबाट पाँचदेखि १० मिटर दुरीमा बनाइएको सडकको चौडाइ १५ देखि ३० मिटर सम्म छ । सडकले नेपालबाट भारततर्फ बग्ने खोला र नालाको प्राकृतिक बहाव रोक्छ । तर पनि स्थानीय, प्रदेश र संघीय तीन तहकै सरकारको कानमा बतास नलाग्दा स्थानीयबासी घरबास डुब्ने भयले चिन्तित भएको बताउ छन् ।

‘नेपालगन्जकै सिमावर्ती बस्ती नजिक तीन बर्ष देखि सडक निर्माण गर्न थालेको हो । त्यो सडक भन्दा पनि बाँध जस्तो छ । जनस्तरबाट बिरोध भएकाले हामीले निरीक्षण पनि गर्यौ’, नेपालगन्ज उपमहानरपालिकाका प्रमुख प्रशान्त अर्यालले भने, ‘जमुनाह यसै पनि डुवान हुने क्षेत्र । भारतीय बाटोले थप बिपद निम्त्याउने खतरा छ । संघीय सरकारले यो समस्याको समाधान खोज्नु पर्छ । केन्द्रबाट अनुगमन टोली आउनुपर्छ । प्रमुख जिल्ला अधिकारीसँग पनि हाम्रो माग छ ।’