पर्यटकीय करिडोरको अवधारणा बनाउन मदिरा ब्यवसायी संघको आग्रह


भैरहवा– मदिरा ब्यवसायी संघ, भैरहवा, रुपन्देही आन्तरिक पर्यटन प्रद्र्धनमा जुटेको छ । स्थापनाको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्दै आएको यस संस्थाले भैरहवाबाट नजीकका पर्यटकीय गन्तब्य पहिचान गर्ने र सोको प्रचारप्रसार गर्ने उद्देश्यले धुुर्कोट गाँउपालिक गुल्मीमा रहेको बिचित्र गुुफा, रेसुुङ्गा, अर्घाखाँचीको सुुपादेउराली, छत्रदेव गाँपालिकामा रहेको नेपालकै अग्लो १३ तले मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन एवं भ्रमण गरेको छ ।
पाल्पाको रानीमहल, भैरहवस्थान मन्दिर, गुल्मीको रिडी, रेसुुङ्गा, बिचित्र गुफा, अर्घाखाँचीमा रहेको बल्कोट पौवा, नेपालकै अग्लो १३ तले मन्दिर, सुुपादेउराली लगायतका पर्यटकीय एवं धार्मिक स्थललाई समेटेर पर्यटकीय करिडोरको रुपमा बिकास गर्न सके यी क्षेत्र यसक्षेत्रका उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सक्ने मदिरा ब्यबसायी संघ, भैरहवाका अध्यक्ष केशव ज्ञवालीले बताए । उनले यी क्षेत्रलाई समेटेर पर्यटन ब्यबसायीले प्याकेज तयार गरी लुम्बिनी आउने पर्यटकलाई ति क्षेत्रमा घुमाउन लैजान सक्ने राम्रो अवसर पनि भएको बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुुरकुमार श्रेष्ठले साविक लुम्बिनी अञ्चलका पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीलाई जोडेर पर्यटकीय करिडोरको रुपमा बिकास गरी राज्यले लाभ लिन ढिला गर्न नहुनेमा जोड दिए । यी जिल्लामा रहेका धार्मिक एवं ऐतिहासिक स्थलको संरक्षण र प्रचार गर्न सके मात्र पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने, ग्रामीण भेगहरु समेत चहलपल हुने, छोटो समयको उत्कृष्ट गन्तब्य बन्न सक्ने उनले बताए ।

‘यी जिल्लामा एक दिन पर्यटकलाई बसाएर घुुमाउने स्थानहरु धेरै छन्, एक जिल्लामा एकदिनको बसाइँ तत्कालाई लामो भए पनि कम्तीमा गुल्मी, अर्घाखाँची, पाल्पालाई केन्द्र बनाएर एक दिनको बसाइँमा पनि मुख्यमुख्य पर्यटकीय एवं धार्मिक स्थलहरुको प्याकेज संचालन गर्नुुपर्ने हुन्छ’, उनले भने । मदिरा ब्यबसायी संघ, भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले पाल्पा, गुल्मी र अर्घाखाँचीमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले बिषेश ध्यान दिनुुपर्ने बताए । उनले यहाँ रहेका कतिपय ऐतिहासिक स्थलहरु संरक्षण र प्रचार हुन नसक्दा ओझेलमा परेको बताए ।
बिभिन्न ब्यक्तिहरुलाई सम्मान
यसैबीच मदिरा ब्यवसायी संघ, भैरहवाले अध्ययन अवलोक भ्रमणको क्रममा गुल्मीको रेसुुङ्गामा एक कार्यक्रमको आयोजन गरी बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । संघले हालै निर्वाचित सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुुरकुुमार श्रेष्ठ, सल्लाहकारहरु खिमबहादुुर खत्री, मृगेन्द्रगोविन्द श्रेष्ठ, चिरञ्जीवी राउत, होटल ब्यवसायी महासघंका केन्द्रीय उपमहासचिव राजेश महत्रा, होटल तथा रेष्टुुरेण्ट ब्यबसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, मदिरा ब्यबसायी महासंघका केन्द्रीय सदस्यहरु रमेश बेल्वासे, सन्देश कक्षपति, नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ लुम्बिनी प्रदेशका सदस्य गिरीराजमणि पौडेल, मदिरा ब्यबसायी संघ मोरङका उपाध्यक्ष दयाप्रसाद कोइराला र अध्यन अवलोकन भ्रमणका संयोजक नारायण न्यौपानेलाई प्रमाण पत्र र दोसोल्ला ओडाएर सम्मान एवं बधाई दिइएको हो । संघका अध्यक्ष केशव ज्ञवालीको अध्यक्षता, सचिव केशव अर्यालको संचालनमा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बाबुुराम पाण्डेले सम्मानित एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।


प्रतिकृया दिनुहोस्