पुलमुनी ‘अनसन’ बसेर राज्यलाई खबरदारी गरिरहेका सांसद


बर्दिया– बर्दिया–१ का प्रतिनिधि सभा सदस्य संजयकुमार गौतम तीन दिन देखि आमरण अनसनमा छन् । उनी आफ्ने व्यक्तिगत मागसहित अनसनमा बसेका भने होइनन्, न त राजनीतिक लाभको पदका लागि । उनी अनसन बनेका हुन्, त जनताको मुद्दालाई प्राथमिकतामा राखेर । धेरैले उनको यो कदमको प्रशंसा गरेका छन्, केहीले नाटककै संज्ञा पनि दिएका छन् ।
शनिबार अपराह्नबाट अनसन सुरु गरेका उनी आज तेस्रो दिन पनि अनसनमै छन् । गौतमले विभिन्न १५ बुँदे माग अघि सारेका छन् । त्यसको एक नम्बर बुँदामा जब्दीघाट पुल निर्माण छ । जहाँ उनी अनसन बसिरहेका छन्। भत्किएको पुल नजिक उनी अनसन बसेका हुन् । बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्किएको थियो । पप्पु कन्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन्।
अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ। साइकल र मान्छे तर्दा २० रुपैयाँ लाग्छ। मोटरसाइकलमा एक जनाको २५ रुपैयाँ र दुई जनाको ३५ रुपैयाँ लाग्छ। अटोरिक्सा तारेको ५० रुपैयाँ लिने गरिन्छ।
बारबर्दियाको मुख्य बजार जयनगरबाट जिल्लाको सदरमुकाम गुलरिया जानका लागि गाडीको बाटो छैन। जयनगर–गुलरियाको १३ किलोमिटर दूरीलाई पार गर्न गाडी चालकलाई बाँसगढी नगरपालिका वा मधुवन भएर जानुपर्छ। जब्दीघाटको पुल भाँसिएपछि यसले देशभर चर्चा पाएको थियो। यही जब्दीघाट पुलमुनि नेपाली कांग्रेसका सांसद गौतमले शनिबार बेलुकादेखि आमरण अनसन थालेका हुन्। बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जय गएको चुनावमा यही क्षेत्रबाट निर्वाचित भए।
चुनावको बेलामा गौतमले एक महिनाभित्र जब्दीघाटमा वैकल्पिक बाटोको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए। उनले बेलिब्रिजको कुरा गरेका थिए। अहिलेसम्म यो पूरा भएन। गौतमले सदनमा जब्दीघाट पुलको कुरा उठाएका पनि हुन्, जसको सुनुवाइ भएन । गौतमले तटबन्ध, सिँचाइ, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल–बीउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग अघि सारेका छन्। एकथरीले भने चुनावका बेलामा आफैंले गरेको वाचा पूरा नभएपछि गौतमले अनसनको नाटक गरेको आरोप लगाएका छन्। गौतमले सरकारले नसुनेपछि बाध्य भएर अनसन बसेको जनाए ।
पूर्व सिँचाइमन्त्री समेत रहेका गौतमको योकदमप्रति स्थानीय र यहाँका जनप्रतिनिधिले साथ दिएका छन् । राज्य संचालकले नसुनेपछि बाँधय भएर अनसनमा बस्नु परेको उनले पब्लिक कुरासँग बताए । लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीदेखि लिएर नगरपालिकाका मेयर, वडा अध्यक्षहरू एकपछि अर्को गर्दै उनलाई साथ दिनेको भिड लागेको छ । पूर्वमन्त्री गौतमले उठाएको मुद्दाका कारण उनलाई साथ दिनेको घुइँचो लागेको हो ।
बर्खामा सदरमुकाम गुलरिया र वार बर्दिया नगरपालिकाका झन्डै १ लाख स्थानीय बासिन्दा यो पुल नबन्दा प्रभावित हुँदै आएका छन् । हुलाकी सडकमा पर्ने यो पुल तत्काल निर्माण गर्नुपर्ने मागसहित पूर्वमन्त्री गौतम आमरण अनशन बसेका हुन् । विभिन्न ठाउँमा आफूले पुल निर्माणका लागि आवाज उठाए पनि ध्यान नदिइएका कारण पुल मुनि नै आफू आमरण अनशन बस्नु परेको उनले बताए ।

आफ्नै दलसमेतको समर्थन र सहभागितामा बनेको सरकार भए पनि सदनबाट माग उठाउँदा पूरा नभएपछि जनताको भावना कदर गर्दै आफू अनशनमा बस्न बाध्य भएको गौतमले जनाए । बर्दियामा मात्रै होइन्, अहिले मुलुकभरका पुल अलपत्र छन् । राज्य सुन्दैन । तर, सबै ठाउँका सांसद कानमा तेल हालेर बसेका छन् । बर्दियाका सांसद गौतमले भने सरकारको आँखा उघार्ने कोसिस गरिरहेका छन् । ‘जब्दीघाटको पुल भत्किएको सात वर्ष भइसक्यो । बनाउन छाँटकाट छैन । दिनहुँजसो यहाँका बासिन्दा दुःख पाएको समाचार आउँछ, तर राज्यले सुन्दैन’, उनले भने, ‘जनताको दुःख की त समाान हुनुपर्यो, होइन भने म टुलुटुलु हेरेर बस्न सक्दैन ।’
भत्किएको पुल हटाउ र नयाँ पुल बनाउ भनेर धेरै धाउँदा पनि आफ्नो कुरा नसुनिएको उनको गुनासो छ । गौतम बर्दियाको क्षेत्र नम्बर १ बाट तेस्रो पटक सांसद भएका हुन् । उनलाई अनशन बसेर साथ दिएका भुवनेश्वर चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । गौतमले आफू आमरण अनशनमा बसेपछि सरकार पक्षबाट अहिलेसम्म माग सम्बोधनका विषयमा सामान्य कुराकानी भए पनि पूरा हुने अवस्था नआएको बताए । उनले सरकारलाई अनस्थल (पुलमुनी) बाटै खबरदारी गर्ने र माग पूरा गराएरै छाड्ने जनाए ।








प्रतिकृया दिनुहोस्