March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

भैरहवामा ‘द रोयल स्पा प्यालेस’

भैरहवा– पछिल्लो समय पर्यटक आगमनको केन्द्र बन्दै गएको रुपन्देहीको भैरहवामा आधुनिक सुविधा सहित ‘द रोयल स्पा प्यालेस’ सञ्चालनमा आएको छ । भैरहवाको देवकोटा चोक नजिकै आकर्षक सजावटसहितको स्पा प्यालेस सञ्चालनमा आएको हो । स्पाको रुपन्देही क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधिसभा सांसद प्रमोदकुमार यावदले उद्घाटन गरेका छन् ।

Advertisement

पर्यटकलाई लक्षित गर्दै भैरहवामा स्पा सञ्चालन हुने क्रम बढ्दो छ । अनुभवी कर्मचारी आवद्ध गरेर ‘द रोयल स्पा प्यालेस’ सञ्चालनमा आएको हो । पर्यटन व्यवसायी खड्कराज जोशीले ३० लाख रुपैयाँ लगानी गरेर स्पा सञ्चालनमा ल्याएका हुन् । ‘भैरहवामा अरु पनि स्पा सञ्चालनमा छन्,’ उनले भने, ‘हामीले अनुभवी कर्मचारीबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका हौं ।’

Advertisement

स्तरीय सुविधा रहेको स्पाले भारतीय र नेपाली पर्यटक लक्षित गरेर आफ्नो मूल्य तय गरेको उनले बताए । ‘धेरै महंगो मूल्य छैन,’ सञ्चालक जोशीले भने, ‘मूल्य भन्दा सेवाको गुणस्तरमा ध्यान दिएका छौं । त्यसैले सुरुवातमै ग्राहकको संख्या ह्वात्तै बृद्धि भएको छ ।’

यो स्पा भैरहवाका दुईवटा चार तारे होटलको बीचमा रहेको छ । दक्षिणतर्फ मौर्य होटल रहेको छ । यसको उत्तरपट्टि नान्स होटल रहेको छ । सञ्चालक जोशीले अहिले स्पामा ६ वटा सुविधा सम्पन्न कोठा रहेको बताए । सुरुवातमा आठ जना अनुभवी कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको उनले बताए । ‘एक जना थेरापी स्टाफ नर्स रहनुभएको छ,’ उनले भने, ‘बाँकी कर्मचारी पनि ५ देखि १० वर्ष स्पा अनुभव रहेका हुनुहुन्छ ।’

उनका अनुसार स्पामा अहिले डीप टिस्यू, स्वडीस, अरोमा, हेड एण्ड सोल्डर, फुट, रोयल सिग्नेचर, आर्यूवेदिक र बडी स्क्रव मसाज सेवा उपलब्ध छन् । ‘निकट भविष्यमा सौना र ज्याकुजी सेवा सञ्चालन गर्दैछौं,’ उनले भने, ‘भैरहवामा स्पाका सबै सेवा एकै स्थानमा प्रदान गर्ने लक्ष्य छ । सुरुवातमा छुटमा सेवा प्रदान गरिरहेको उनले बताए ।