समय सकियो, प्रगती १७ प्रतिशत मात्र
भैरहवा– ठेकेदारको लापरबाहीले लमही–घोराही–तुुलसीपुर चार लेन सडक विस्तार निकै सुस्त छ । अहिलेसम्म १७ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । तर, निर्माणका लागि तोकिएको समयावधि भने सकिएको छ ।
भारतीय निर्माण कम्पनी तथ्य इन्जिनिरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार डलरमा ठेक्का सम्झौता गरी सडक विस्तारको काम सुरु गरेको थियो । २०७५ पुस १३ गतेदेखि निर्माण सुरु भएको सडकको भौतिक प्रगति निरासाजनक छ । अर्थात् सडक विस्तारको काम ठेकेदारले अलपत्र नै पारेको छ ।
२०७८ असोज मसान्तसम्म सडक निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि समयावधि सकिएको एक वर्ष नै पुग्न लागेको छ । फेरि ठेकेदारले म्याद थपकाका लागि दौडधुप गरेको छ । भत्काएर असरल्ल छाडिएका संरचनाका कारण यो सडकखण्डमा ओहोरदोहोर गर्नेलाई निकै सास्ती छ ।
३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सडक विस्तारको जिम्मा लिए पनि तोकिएको समयसीमाभित्र काम अघि बढ्न सकेन । निर्माण कम्पनीले काममा निकै ढिलासुस्ती गरे पनि सरोकारवाला निकायले न अनुगमन गरेको छ, न ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई ताकेता वा कारबाही नै गर्न सकेको छ ।
‘निर्माण कम्पनीले लापरबाही गरेको छ, त्यसको दुुःख दाङवासीले खेप्नुु परेको छ,’ तुलसीपुर निवासी अर्जुन केसीले भने, ‘ठेकेदारले न काम गर्छ, न कारबाहीमा पर्छ ।’ आयोजना विस्तारका नाममा सडक पूरै भत्काइएको छ । सम्झौतामा उल्लेखित समय सीमासम्म निर्माण कार्यमा आलटाल गरेको ठेकेदार कम्पनी अहिले म्याद थप्नका लागि भने दौडधुप गरिरहेको छ ।
तुुलसीपुर उपमहानगरपालिका–१७ का दिपेश डाँगीले भने, ‘फोरलेन सडक कहिले बन्ला रु बनाउनका लागि भत्काए, भत्काएपछि सडक बनाउँदैनन् । घोराही तुुलसीपुर आउजाउ गर्न निकै मुुस्किल परेको छ ।’
फोर लेन सडक विस्तार आयोजना निर्माणको जिम्मा भारतीय निर्माण कम्पनीले तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा पोजेक्ट नयाँदिल्लीले लिए पनि रेखदेखको जिम्मा भालुुवाङ–बाग्दुला, भिमगिठे, चन्द्रौटा– कृष्णनगर, लमही–घोराही–तुलसीपुर फोरलेन सडक विस्तार आयोजनाले लिएको छ । तर आयोजनाले ठेकेदार कम्पनीलाई न काम लगाउन सक्छ, न कारबाही गर्न सक्छ ।
आयोजना कार्यालय प्रमुुख अर्जुन बलमे भने, ‘ठेकेदार कम्पनीलाई हामीले केही गर्न सक्ने अवस्था छैन, भारतीय ठेकेदार कम्पनी भएकाले उसले हाम्रो कुरालाई वास्तै गर्दैन ।’ ठेकेदारले निर्माणको काम गर्न नसक्दा बिनियोजित बजेट नै फ्रिज भएको उनको भनाइ छ । उनले भने, ‘ठेकेदारले काम गरेको भए न बजेट फ्रिज हुन्थ्यो, न योजना निर्माण नै अलपत्र पर्ने थियो ।’
३० महिनाको अवधिमा निर्माण सम्पन्न गर्न नसकेको कम्पनीले थप ६ महिना गुजारिसकेको छ । अहिले फोरलेन सडक विस्तारको काम ठप्प छ । म्याद हुुँदासम्म काममा बेवास्ता गरेको ठेकेदार कम्पनीले म्याद सकिएपछि भने म्याद थप्न दौडधुप बढाएको हो । कम्पनीले एक पटक म्याद थप भए सडक निर्माणको काम सक्ने भन्दै सिडिओ कार्यालयदेखि मन्त्रालयसम्म लबिङ गरिरहेको छ ।
लमही–तुुलसीपुर फोर लेन सडक विस्तार आयोजनाका लागि आर्थिक वर्ष २०७८–०७९ मा छुट्याइएको एक अर्ब ३४ करोड २३ लाख रुपैयाँ फ्रिज भएको छ । आयोजना निर्माणको काम हुुन नसक्दा बिनियोजित बजेटको करिव ७० प्रतिशत रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।
कार्यालयका कोष नियन्त्रक उदयराज भण्डारीका अनुसार जिल्लाकै गौरवको आयोजनाका रुपमा रहेको फोरलेन सडक विस्तारमा भइरहेको लापरवाहीले बजेट फ्रिज भएको हो । सो वर्ष फोर लेन सडक विस्तारका लागि विनियोजित १ अर्ब ३८ करोड ६० लाख ८ हजार मध्ये ४५ करोड ८४ लाख १८ रुपैयाँमात्रै खर्च भएको उनले बताए ।
प्रतिकृया दिनुहोस्