December 5, 2024, Thursday
२०८१ मंसिर २०

अवैध सालको काठ बरामद

भैरहवा– रुपन्देही प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, रुद्रपुरबाट खटिएको प्रहरी टोलीले कंचन गाउँपालिका–५, डाँडालाइनमा लुकाईछिपाई राखेको ४२ क्युफिट सालको (गोलिया) काठ बरामद गरेको हो ।

उक्त काठको मूल्य करिब दुई लाख १० हजार बराबर रहेको रुपन्देही प्रहरीले जनाएको छ । काठ जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा बरामद गरी आवश्यक कायरबाहीका लागि रुद्रपुर सामुदायिक उपभोक्ता समूहमा पठाइएको प्रहरीले बताएको छ ।