May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

कार्यतालिका बनाएर गुरुयोजनाको काम गर्न निर्देशन

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानीको काम छिटो अघि बढाउन कार्यतालिका बनाएरै काम गर्न निर्देशन दिएका छन् । उनले राजधानीको गुरुयोजनाका लागि दाङ, अर्घाखाँची, प्यूठानको संगम स्थल देउखुरी उपत्यका क्षेत्रमा समेटिएर बनाएको योजनालाई अझै विस्तार गर्ने गरी काम गर्न निर्देश्न दिए ।

Advertisement

प्रदेशको राजधानी निर्माणको गुरुयोजनाका विषयमा भएको सरोकारवालकाको छलफलमा केसीले राजधानीलाई राम्रो बनाउन सबैलाई अनुरोध गरे । उनले भने, ‘राजधानी निर्माणमा अब ढिलाई गर्नुहुँदैन । कार्यतालिका बनाएर काम पूरा गर्नतर्फ लाग्नुस् ।’

राजधानी निर्माणको काम स्थानीयबासी र प्रदेशबासीहरुले देखिने गरी गर्न उनले अनुरोध गरे । स्थानीयबासी र सरोकारवाला निकायबीचमा सहकार्य गरेर गुरुयोजना निर्माणलाई अगाडि बढाइने बताए । प्रदेको राजधानीमा प्रशासनिक केन्द्र, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, अद्यौगिक क्षेत्र, यातायातको सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास क्षेत्रका हिसावले विकास गरिने गुरुयोजना निर्माण कम्पनी इकोकोडिइ नेपाल प्राइभेट लिमिडेडका निर्देशक कुमार धमलाले बताए ।

प्रदेश राजधानी भर्जिनल्याण्डमा भएकाले भवन निर्माणको क्षेत्र, पार्किङ क्षेत्र, सञ्चार, होटेल क्षेत्र समेत गुरुयोजनामा समेटिएको छ । साथै गुरुयोजनामा ५० मिटर र ३० मिटरको छुट्टाछ्ट्टै सडक बनाएर फराकिलो बनाउन उनले धमलाले जनाए ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरुयोजना बनाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । आगामी दिनमा छिटोछरिटो रुपमा काम अगाडि बढाउनका लागि उनले निर्देशन दिए ।