December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा पाठक

बुटवल– नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा पुनः नेत्रप्रसाद पाठक चयन भएका छन् । महासंघको बुटवलमा सम्पन्न अधिवेशनवाट नयाँ नेतृत्व निर्विरोध चयन भएको हो ।

Advertisement

निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुसार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हुन् । जस अनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ( नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बाँके), कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) छन् ।

यस्तै, महासंघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जितबहादुर महरा (रोल्पा), दोर्णराज सुवेदी (कपिलवस्तु,) विनिता पोख्रेल (नवलपरासी), संजिव गहतराज (कपिलवस्तु), धनसिंह वली (बाँके), शतिषकुमार अधिकारी (बाँके) सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि महिला उद्यमी समितिको अध्यक्षमा शान्ति शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह चयन भएका छन् । सदस्यहरुमा शान्ति पौडेल, अनिषा केसी, सुनिता राणा, हिरा घले, मुना पाण्डे छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।