December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

प्रतिबन्धित रेडबुलसहित बुटवलका व्यापारी पक्राउ

भैरहवा– प्रतिबन्धित रेडबुलसहित रुपन्देहीको बुटवलस्थित नेपालगञ्ज रोडबाट एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

बुटवल उपमहानगरपवालिका–६, नेपालगञ्जरोडमा रहेको गोपालसिद्ध किराना स्टोरबाट प्रतिबन्धित भारतीय रेडबुलसहित सञ्चालक ६७ वर्षीय कृष्णप्रसाद पोख्रेललाई पक्राउ गरिएको रुपन्देही प्रहरी सहायक प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवल तथा वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले रेडबुलसहित पाख्रेललाई पक्राउ गरेको हो ।

प्रहरी तीन लाख मूल्य बराबरको १ सय १७ कार्टुन अवैध रेडबुल बरामद गरेको छ । आइतबार साँझ स्टोरमा प्रहरीले छापा मारेको थियो । बरामद गरिएको रेडबुल भैरहवा भन्सार कार्यालय बुझाइएको छ भने पक्राउ परेका पोख्रेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।