December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

छात्रवृति वितरण

भैरहव– वार्षिक पूण्यतिथीको अवसरमा रोशन नेपाल स्मृति प्रतिष्ठानले छात्रवृति वितरण र असहाय विद्यार्थीलाई सहयोग गरेको छ ।

Advertisement

प्रतिष्ठानले उजिरसिंह माविका कक्षा १० मा अध्यननरत विद्यार्थी तारालाल भण्डारी, कक्षा ९ की गोमा भण्डारी, पूर्व प्रधानाध्यापक कालिका मावि बुटवलका कौशल राज वस्याललाई सम्मान एवं अनाथ तथा असहाय महिला कल्याण समाजका अध्यक्ष मैनादेवी भण्डारीलाई कापी, कलम, तन्ना, तकिया, खोल सेट हस्तान्तरण गरेको अध्यक्ष डा रामचन्द्र आचार्यले जनाए ।

यस्तै, सिद्धार्थ वोर्डिङ स्कुलका उत्कृष्ट विद्यार्थी अनितादेवी राना, महाविर इङिगलस स्कुल बुटवलका सल्मा अन्सारी, अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई आश्रम आश्रित बालबालिकाको खाद्य सहयोगका वापत ६ हजार ५ रुपैयाँ हजार नगद हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव कृष्ण प्रसाद नेपालले जानकारी दिए ।

बुटवल उमहानगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिक ९९ वर्षीय पूतला देवी अर्गाली र ९४ वर्षीय लालीदेवी थापालाई नगद, हर्लिक्स, फलफूल तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।