December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

दाङको घोराहीबाट २० जुवाडे पक्राउ

दाङ– प्रहरीले घोराहीबाट नगद रकमसहित जुवाडे पक्राउ गरेको छ। करिब साढे चार लाख बढी रकमसहित घोराही उपमहानगरपालिका–१४, रझेनाबाट प्रहरीले २० जुवाडे पक्राउ गरेको हो। आइतबार राती एक घरमा जुवा खेलिरहेको जानकारीका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीकाअनुसार रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले छापा हान्दा २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको छ । रझेना प्रहरी कार्यालयदेखि झन्डै तीन किलोमिटर उत्तरमा पर्छ ।

डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली छन्।

त्यस्तै घोराही ४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ वर्षीय नवीन पछाँँई, घोराही १५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले बताएको छ ।

यहाँ पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालहरुमा छापा मारेर दिनहुँजसो जुवाडेहरु पक्राउ गर्दै आइरहेको छ । पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीको भनाई छ ।