April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अनुमती नलिएरै भवन निर्माण

बर्दिया– बर्दियाको राजापुर नगरपालिका–४, मा रहेको १० धुर सरकारी जग्गामा अनुमती नलिएरै भवन निर्माण गरिएको पाइएको छ । त्यहाँ रहेको हनुमान मन्दिर समितिले नगरपालिकासित अनुमति नलिएरै भवन निर्माण गरेको हो ।

Advertisement

उक्त दुई तले भवनमा ८ कोठा निर्माण गरिएका छन् । सटर निर्माण गरेर पशल भाडामा लगाउन थालिएको थियो । भवनको माथिल्लो कोठा व्यक्तिलाई आजिवन निःशुल्क आवासका लागि दिने व्यवस्था गरिएको छ ।

Advertisement

स्वीकृत विना मापदण्ड पूरा नगरेर भवन निर्माण गरिएपछि रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । राजापुर नगरपालिका–४, वडाध्यक्ष रमण रेग्मीले मन्दिर व्यवस्थापन समितिले यसरी भवन निर्माण गर्नु नियम विपरित भएको बताए ।

स्थानीय गौरव अग्रवालले भवन निर्माण गरेका हुन । अग्रवालले ४० लाख रुपैया खर्च गरिसकेको बताए । समिति उपाध्यक्ष्य जगन्नाथ प्रसाद कौशधनले नगरपालिकाले भवन निर्माण गर्न अनुमति नदिएको बताए ।