December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

चम्ल्याहा शिशुको उपचारमा ग्रिन सिटीको सहयोग

भैरहवा– लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले आर्थिक अवस्था कमजोर भएका सार्की परिवारलाई सहयोग गरेको छ । पाल्पाको माथागडी– १, चिदिपानीकी २४ वर्षीया सिता सार्कीले असोज नौ गते भैरहवास्थित युसिएमएसमा चार छोरी जन्माएकी थिइन् ।

कम तौलका चार बच्चाको अस्पतालको एनआईसीयूमा राखेर उपचार जारी छ । क्लबले सीता र बच्चाको उपचारका लागि आर्थिक सहयोग गरेको हो । सार्की परिवारलाई अस्पतालमा पुगेर ४० हजार रुपैयाँ सहयोग गरिएको क्लबका वर्ष २०२१–२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले बताए ।

Advertisement