December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

कतारी रियाल ३३ रुपैयाँ नजिक, आज अन्य देशको कति ?

नेपाल राष्ट्र बैकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर कतारी रियालको भाउ अधिकतम् ३३ रुपैयाँ नजिक पुगेको छ । बैंकका अनुसार आज एक कतारी रियाल खरिदका लागि नेपाली ३२ रुपैयाँ ८३ पैसा खर्चिनु पर्छ । यस्तै, साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ । 

बैंकका अनुसार आज यता अमेरिकी डलर एकको खरिद ११९ रुपैयाँ ५३ पैसा र विक्रीदर १२० रुपैयाँ १३ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर ​ १३९ रुपैयाँ १३ पैसा र विक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ६७ पैसा र विक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ । 

यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ भने सिंगापुरे डलर एकको खरिदर ८८ रुपैयाँ ७६ पैसा र विक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैकले जनाएको छ । यता जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ युआन आज एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ ।

Advertisement