March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बाढीका कारण बर्दियामा ९६० घर प्रभावित

बर्दिया- आइतबारदेखि परेको अबिरल वर्षाले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र डुबानमा परेको छ । यहाँ बाढी पस्दा ठुलो धनमाल डुबेर नस्ट भएको छ ।

Advertisement

बाढीका कारण यहाँ ९६० घर डुबानमा परेका छन् । राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ ।

Advertisement

गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

हिजो कर्णाली नदीको पानीले खतराको तह पार गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले स्थानीयको उद्धार गरेका थिए ।