April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् लुम्बिनी सरकारका लोकप्रिय कार्यक्रम

बुटवल– प्रतिस्थापन विधेयकमार्फत् लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ नयाँ बजेट ल्याएको छ । बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले सदनमा ४० अर्व ९५ करोडको ९७ लाख बजेट प्रस्ताव गरेका थिए । सदनमा अर्थमन्त्रीले पेश गरेको बजेट छलफलसहित बुधबारै पारित भएको छ ।

Advertisement

खड्काले अर्थ सम्बन्धि बिधेयकमार्फत लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । जस्मा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार (३३.३१ प्रतिशत) र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार (५४.८७ प्रतिशत) र स्थानीयतह बित्त हस्तान्तरणतर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार (११.८२ प्रतिशत) छ ।

Advertisement

बजेट प्रस्तुत गर्दै मन्त्री खड्काले बर्तमान सरकारले प्रस्ताव गरेको बजेटमा चालुतर्फको खर्च अघिल्लो सरकारले प्रस्ताव गरेको भन्दा ४ प्रतिशतले कम बताए । ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’को मूलनाराका साथ प्रस्तुत बजेटमा प्रदेश सरकारको ४० लोकप्रिय कार्यक्रम उल्लेख छ ।

यस्ता छन् मुख्य विशेषताहरु
१) लुम्बिनी प्रदेशका १८ वर्ष मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप ब्यवस्था ।
२) घरदैलोमा डाक्टर कार्यक्रम र प्रदेश भरी निःशुल्क रक्त सञ्चार सेवा ।
३) लुम्बिनी प्रदेशमा जेष्ठ नागरिक र महिला तथा बालबालिका अस्पताल स्थापना ।
४) क्यान्सर, मृगौला र मुटु रोगीलाई प्रदेश सरकारकातर्फबाट थप दुई लाख उपलब्ध गराउने ।
५) मुटुरोगको उपचारलाई सर्बसुलभ गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा बिस्तार गर्न १० करोड र एम आर आइ एवं सिटी स्क्यानसहितको स्वास्थ्य उपकरणका लागि १३ करोड बजेट ब्यबस्थापन ।
६) ७० वर्ष माथीका जेष्ठ नागरिकसँ स्वास्थ्यकर्मी कार्यक्रम ।
७) प्रदेशभित्र शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ।
८) प्यूठानमा लुम्बिनी सीप विकास प्रतिष्ठान स्थापना गर्ने ।
९) गरिबी निवारणका लागि एक पालिका एक सामूहिक कम्पनी, एक कम्पनी एक सामूहिक उद्यम कार्यक्रम ।
१०) एक जिल्ला एक पालिका सार्बजनिक शुलभ पसल ।
११) कृषि र औद्योगिक कर्जा प्रबाह गर्न तथा लुम्बिनी प्रदेशको सरकारी बित्तीय कारोबार गर्न लुम्बिनी प्रदेश बैंक स्थापना ।
१२) बिद्युतिय बस सेवा सन्चालन तत्कालका लागि भैरहवा–बुटवल,नेपालगन्ज–कोहलपुर, भालुबाङ्ग–लमही र घोराही–तुलसीपुर रुटमा संचालन गर्ने ।
१३) गण्डकी नदी त्रिबेणी–देबघाट र राप्ती नदिको खुङग्री–भालुबाङ्ग र भालुबाङ्ग– अगैया खण्डमा र्याफ्टिङ्ग संचालन गर्ने ।
१४) लुम्बिनी र स्वर्गद्वारीको माटो, पानी र बस्तु प्रयोग गरि मायाको चिनो उत्पादन गर्ने सोभिनियर उद्योग संचालन गर्ने ।
१५) लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नयाँ शहर र एकीकृत बस्ती विकास गर्ने ।
१६) परम्परागत चुल्होको बिस्थापन गरि विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतिय चुल्हो उपलब्ध गराउने ।
१७) जलविद्युत, सौर्यउर्जा र बैकल्पिक उर्जाको पवद्र्धन गरि लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने ।
१८) पूर्ब पश्चिम राजमार्गको सुरइनाका, धानखोला र रिहारमा जलाशय निर्माण गरि त्यसको बहुउपयोग गर्ने ।
१९) एक हजार बिगाहा जग्गामा पिपिपी मोडेलमा सुगन्धित धान र प्याज उत्पादन गर्न आधुनिक कृषि फर्म संचालन गर्ने ।
२०) कोभिड महामारीबाट प्रभावित उधोगी व्यबसायीका लागि प्रदेश करमा छुटको ब्यबस्था ।
२१) महिला, दलित, जनजाति, अल्पसंख्यक लगायत लक्षित समूहका लागि रोजगारमुलक कार्यक्रम ।
२२) कृषिजन्य उत्पादनको बजार पर्बर्धन गर्न भैरहवा, कृष्ण नगर र नेपालगन्जमा स्तरीय तरकारी बजार स्थापना गर्ने ।
२३) लुम्बिनीमा बौद्ध अन्तर्रास्ट्रिय बर्थिङ्ग सेन्टर स्थापना गर्ने ।
२४) बुटवलमा धागो कारखाना, कपिलवस्तुमा कागज कारखाना र कपास खेती एवं उद्योगको स्थापना ।
२५) स्वर्गद्वारीमा केबलकार, हिल स्टेसन, थिम पार्क र रुपन्देही सहित प्रदेशका १२ वटै जिल्लामा हिल स्टेसनहरु निर्माण गर्ने ।
२६) कपिलवस्तुलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र प्रदेशका विभिन्न स्थानहरुमा सबै जातजातिका धर्म, भाषा, संस्कृति र पहिचान झल्किने सांस्कृतिक ग्रामहरु स्थापना गर्ने ।
२७) जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता एवं द्वन्द्वपीडित परिवारलाई रोजगार कार्यक्रम ।
२८) प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश राजधानीको ब्यबस्थापन ।
२९) लुम्बिनी विश्वविधालय स्थापना ।
३०) डिजिटल प्रबिधि युक्त ट्रायल सेन्टर र डिजिटल सवारीचालक अनुमतिपत्रको व्यबस्था ।
३१) लुम्बिनी प्रदेशका पत्रकारहरुको पत्रकार दुर्घटना बीमा, पत्रकार महासंघ लुम्बिनीको भवन निर्माण र संस्थागत विकास ।
३२) प्रदेश परियोजना बैंक स्थापना ।
३३) राजमार्ग र सार्बजनिक स्थानहरुमा सिसिटिभी र फ्री वाइफाईको व्यबस्था ।
३४) राजस्व वृद्धि गरि आत्मनिर्भर प्रदेश स्थापना गर्न प्राकृतिक श्रोत साधनको उचित पहिचान, परिचालन, राजस्व प्रशासनमा सुधार र करका दायरामा वृद्धि गर्ने ।
३५) लुम्बिनी प्रदेशमा पुँजीबजार र बीमाको पहुँच बिस्तार गर्ने ।
३६) लुम्बिनी प्रदेशलाई आकर्षक लगानी हबको रुपमा विकास गरि राष्ट्रिय अन्तर्रास्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्न ।
३७) तथ्यमा आधारित बैज्ञानिक योजना प्रणालीको विकास गर्न प्रदेश तथ्यांक कार्यालय स्थापना गरि योजना संकलन विश्लेषण गर्ने ।
३८) चालू प्रथम आवधिक योजनाको मध्यावधिक समिक्षा तथा मुल्यांकन गरि नयाँ योजना तर्जुमा गर्ने ।
३९) बजेट, योजना र सार्बजनिक खर्चलाई प्रभावकारी बनाई बिनियोजन कुशलता, कार्यान्वयन दक्षता र बित्तीय अनुशासन कायम गर्न मध्यमकालिन खर्चलाई विद्युतीय प्रणालीमा विकास गर्ने लगायत ।
४०) कला, साहित्यको संरक्षण सम्बद्र्धनमा विकास गर्ने ।