June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

उद्योग व्यापार संगठन अध्यक्षमा ज्ञवाली

भैरहवा- उद्योग व्यापार संगठन, रुपन्देहीको अध्यक्षमा अनिलकुमार ज्ञवाली निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न ७ औं अधिवेशनबाट ज्ञवाली आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी यसअघि संगठनको महासचिव थिए ।

Advertisement

संगठनको वरिष्ठ उपाध्यक्षमा दर्पण श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा रामचन्द्र रेग्मी, उपाध्यक्ष (वाणिज्य) मा कृष्णबहादुर गुरुङ, महासचिवमा सचिन रोक्का, कोषाध्यक्षमा राममिलन यादव, सचिवमा टिकाराम भट्टराई र सह–कोषाध्यक्षमा मधुसुदन अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै संगठनको एशोसियट सदस्यमा सुरेन्द्र त्रिपाठी, सदस्य (उद्योग) मा प्रभुप्रसाद यादव, सुरेन्द्रकुमार पाण्डे र लक्ष्मण भण्डारी निर्वाचित भएका छन् । सदस्य (वाणिज्य) मा रामप्रसाद सापकोटा, विष्णुप्रसाद उपाध्याय, भोलाबहादुर क्षेत्री, गौतमकुमार गुप्ता, धिरजकुमार मल्लिक, प्रकाशप्रसाद श्रेष्ठ, कृष्णप्रसाद पाण्डे र मिनिता थापा छन् । यस्तै सदस्य (महिला)मा विन्दु न्यौपाने र माया शर्मा खनाल निर्वाचित भएका छन् ।