नवलपरासीका बाढी प्रभावितलाई राहत


नवलपरासी– नेपाल–भारत महिला मैत्री समाज काठमाडौंले जिल्ला विपत व्यवस्थापन समिति पश्चिम नवलपरासीलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । जिल्लामा बाढीबाट प्रभावित भई घरविहीन भएका परिवारलाई अस्थायी बसोबासका लागि संस्थाले विपत व्यवस्थापन समितिमार्फत् राहत सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।
समाजले त्रिपाल, टेन्ट, फेमिली रेजिड टेन्ट सिंगल, फेमिली रेजिड टेन्ट डबल, प्लास्टिक सिट, म्याट गरि ९० थान सामाग्री प्रदान गरेको हो । जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष एवं पूर्व मन्त्री सांसद चन्दाकुमारी चौधरीले उक्त राहत सामाग्रीहरु हस्तान्त्रण गरेकी थिइन् ।
चौधरीले आफ्नो व्यक्तिगत पहलमा भारत सरकारबाट सहयोग प्राप्त गरेको बताइन् । उक्त राहत सामाग्रीहरु बाढीबाट प्रभावित भई घरविहीन भएका पीडित परिवारहरुलाई उपलब्ध हुँदा तत्काल अस्थायी बसोबास हुने जनाइन् ।
सन २०१३ सालमा स्थापना भएको यो संस्थाले यस वर्ष मात्र बाढी प्रभावित १० जिल्लामा गरि ४ करोड ७५ लाखको विभिन्न राहत सामाग्रीहरु वितण गरेको अध्यक्ष चौधरी ले जानकारी दिइन् । चौधरीले आगामी दिनमा पनि बाढी प्रभावित र विभिन्न क्षेत्रबाट प्रभावित व्यक्तिहरुलाई थप आवश्यक राहत सामाग्रीहरु वितरण गर्ने प्रतिबद्धता जनाइन् ।
जिल्ला विपद व्यवस्थापन समितिमा हस्तान्तिरित उक्त सामाग्रीहरु आवश्यक ठाउँमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ता, लोसपाका केन्द्रिय सदस्य पुरन चौधरी, नेपाली कांग्रेसका जिल्ला उपसभापति अनिल गौड, नेकपा एमालेका जिल्ला सचिव थानप्रसाद गैरे, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी, रेडक्रसका प्रदेश सदस्य हैदर अलि मोमिन, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष केशव पराजुली, उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरी, नेपाल रेडक्रस सोसाइटी परासीका माया अग्रहरी लगायतले राहत सामग्रीले बाढी प्रभावितहरुलाई ठुलो सहयोग पुग्ने बताए ।
प्रतिकृया दिनुहोस्