October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

सशस्त्रद्वारा ६ लाख बराबरको सुपारी बरामद

भैरहवा– सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेटक्वाटर रुपन्देहीले ठूलो मात्रामा सुपारी बरामद गरेको छ । बिहीबार बिहान नेपाल–भारत सीमानाका सिद्धार्थनगर–११ भुजौलीबाट २० वटा बोरामा राखिएको सय किलो सुपारी बरामद गरेको सशस्त्रका एसपी राजेश उप्रेतीले जानकारी दिए ।

अवैध रुपमा भारततर्फ कटिङ सुपारी चोरी निकासी हुन लागेको छ भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको ९ जनाको स्क्वार्ड टोलीले उक्त सुपारी बरामद गरेको थियो ।

एसपी उप्रेतीले बरामद सुपारीको मूल्य करिब ६ लाख रहेको बताए । उक्त सुपारी भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ । सुपारी कहाँबाट ल्याएको, ओसार–पसारमा को–को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको उप्रेतीले बताए ।