लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा बामदेव
बुटवल– लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्षमा नियुक्त घिमिरे बुटवल उपमहानगरपालिका–८ बासिन्दा हुन् । उनी माओवादी केन्द्रका नेता हुन् । उनले आर्थिक विषयमा चासो राख्ने गर्छन् । यस्तै, आयोगको सदस्यमा शिवपुजन यादव र दामोदर भुसाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए ।
आयोगको सदस्यमा नियुक्त भुसाल गुल्मी मुसिकोटका बासिन्दा हुन् भने यादव कृष्णनगर, कपिलबस्तुका हुन् । मन्त्रीपरिषद् बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति समेत गठन गरेको छ । जसको सदस्यमा कपिलबस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिलकुमारी रोका र पाल्पाका यज्ञ पोखरेल छन् ।
बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्ने निर्णय गरेको छ । सरारले भदौ मसान्त र असोज १५ गरि २ चरणमा कर्मचारी व्यवस्थापन गर्न लागेको प्रवक्ता खड्काले बताए ।
प्रतिकृया दिनुहोस्