April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

उद्योगी–व्यवसायीलाई कोरोनाबिरुद्धको खोप

बुटवल– बुटवल उद्योग बाणिज्य संघको पहलमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । संघको पहल तथा समन्वय र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोनाबिरुद्धको खोप लगाइएको हो ।

Advertisement

बिहीबार र शुक्रबार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा १ हजार जनालाई कोरोनाबिरुद्धको खोप लगाइएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । कोरोना संक्रमणको महामारीमा मुलुकको अर्थतन्त्रको अग्रपंक्तिमा रहेर काम गर्ने उद्योगी व्यबसायीलाई सुरक्षित राख्न सकिएन भने बिग्रिएको अर्थतन्त्र झनै बिग्रिने भएकाले उद्योगी व्यबसायीलाई कोरोनाबिरुद्धको खोप लगाउन पहल गरिएको उनले बताए ।

Advertisement

कोरोना महामारीका कारण उद्योग तथा व्यापार व्यबसाय बन्द हुँदा मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको र अव पनि खोपको प्रवन्ध गर्न सकिएन भने संक्रमण बढ्दो क्रममा रहेकाले सम्भावित बन्दमा पनि उद्योगी व्यबसायी ढुक्क भएर काम गर्ने वातावरण नहुने भएकाले उद्योगी व्यबसायीलाई खोप अनिवार्य भएको उनले जनाए ।

सबै उद्योगी व्यबसायीलाई खोप प्रवन्ध गर्न आग्रह गरिएको भए पनि खोप सिमित आएकाले सबैलाई लगाउन नसकिएको र आगामी दिनमा बाँकी उद्योगी व्यबसायीलाई खोप लगाउन पहल जारी रहने अध्यक्ष कसजूले बताए ।

संघको खोप कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्स अफिसर कालिका पाण्डेको नेतृत्व स्वास्थ्य कर्मीको टोली खटिएको थियो । त्यस्तै संघका अध्यक्ष कसजूसहित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराईसहित कार्यसमितिका पदाधिकारी सदस्यहरु खोप कार्यक्रममा समन्वय गरेका थिए ।