March 22, 2025, Saturday
२०८१ चैत्र १०

बुलेटको मेटिअर लंच

बुटवल – रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडल मेटिअरका ३ नयाँ मोडलहरु बुटवलमा लंच गरिएको छ। लुम्बिनी क्षेत्रमा गैरे प्रतिष्ठान प्रालिले कालिकानगरमा मोटरसाइकल लन्च गरेको हो।

युवाहरु माझ रुचाइएको बुलेटका क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै बजारमा उपलब्ध थियो। बुधबार पाँचौ मोडल मेटिअर बुटवलसहित देशभर लन्च गरिएको प्रतिष्ठानका संचालक प्रेमराज गैरेले बताए।

Advertisement

हाल ३५० सीसीका सुपरनोभा, स्टेलर र फायर बल गरि ३ वटा मोडल उपलब्ध हुने उनले बताए। मोडल अनुसारको फरक फरक मूल्य रहेको उनले बताए। सुपरनोभा ६ लाख ४५ हजार, स्टेलर ६ लाख १७ हजार र फायर बल ६ लाख बजार मूल्यमा उपलब्ध हुने संचालक गैरेले बताए ।

यी मोटरसाइकल भारतका चेन्नईमा ५ वटा फ्याक्ट्रिबाट उत्पादन भैरहेको छ। अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटर टंकी र सुरक्षाको मापदण्ड अपनाइएको छ। मोटरसाइकलले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने, स्पोर्टी लुक्स रहेको कम्पनीका व्यवस्थापक ध्रुव सापकोटाले बताए।

एक समारोहकाबीच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिम क्षेत्रीय डिलर एसोसियसनका अध्यक्ष प्रेम गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले उक्त मोडलहरुको औपचारिक रुपमा लन्च गरेका छन्।

कार्यक्रममा वाणिज्य उपाध्यक्ष नरिश्वर पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, नेपाली काँग्रेस बुटवल नगरका सभापति खेलराज पाण्डे, प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुषाल, पत्रकार खिमानन्द भट्टराईले दिगोपन र सुरक्षाका विषयमा विक्रेता कम्पनीले सोच बनाएर कार्यक्रमहरु ल्याउन सुझाव दिए।