October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

बुटवल उवासंघमा थप तीनवटा बस्तुगत समिति गठन

बुटवल- रुपन्देहीको बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन गरिएको छ । संघमा भएको बिषयगत उद्योगी व्यबसायीहरुको भेलाले कृषि अन्तर्गत लाइवस्टक र डेरी तथा कपडा बस्तुगत समिति गठन गरेको हो ।

मंगलबार गठन गरिएको कृषितर्फ लाइभ स्टक बस्तुगत समितिको सभापतिमा शम्भुकुमार गुप्ता छन् । समितिको उपसभापतिमा गंगाप्रसाद सापकोटा तथा सदस्यहरुमा अमृतनारायण श्रेष्ठ, गोपाल पाण्डे, मेघनाथ पौडेल, राजन पौडेल र टंक ज्ञवाली छन् । त्यस्तै, कृष्णप्रसाद भट्टराईलाई समितिको सल्लाहकार चयन गरिएको छ ।

कृषितर्फ नै डेरी बस्तुगत समितिको सभापतिमा गणेशसिंह भण्डारी र उपसभापतिमा कृष्णप्रसाद उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा उमा शर्मा, संजोग श्रेष्ठ, जीवलाल न्यौपाने, कृष्ण पन्त र पितामबर भण्डारीलाई चयन गरिएको छ । त्यस्तै कृष्णप्रसाद भट्टराई, पदमप्रसाद पौडेल र मदन काफ्लेलाई सल्लाहकारमा चयन गरिएको छ ।

कपडा बस्तुगत समितिको सभापतिमा अनिलकुमार चुकेलाई चयन गरिएको छ । समितिको उपसभापतिमा हरेन्द्र पटवा र सदस्यहरुमा खड्ग थापा, देबेन्द्र श्रेष्ठ, राकेश कसौधन, सम्झना ह्योजु, राजेश कसजु, निर्मल श्रेष्ठ र स्वराज जयसवाललाई चयन गरिएको छ ।

संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, संघका कार्यसमिति सदस्यहरु कृषि बस्तुगत समितिका समन्वय कर्ता बसन्तप्रसाद ढकाल, कपडा बस्तुगत समितिका समन्वय कर्ता प्रकाशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य तथा कपडा बस्तुगत समितिका निवर्तमान अध्यक्ष त्रिबिक्रम श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।