April 18, 2025, Friday
२०८२ बैशाख ५

भैरहवामा रेनल्ट काइगर कार

भैरहवा– रेनल्ट काइगरका कार भैरहवा विक्री सुरु भएको छ । रेनल्ट कम्पनीको भैरहवाका लागि आधिकारिक विक्रेता भैरहवा अटो कम्पनी प्रालिले उक्त कार आइतबारबाट विक्री सुरु गरेको हो ।

काइगर रेनल्टकै यस अघिका यसयुभी डस्टर र क्याप्चर भन्दा केही सानो आकारको रहे पनि इन्जिन र शक्तिमा उस्तै रहेको कम्पनीका सर्विस इन्जिनियर वीरेन्द्र गुप्ताले जानकारी दिए ।

Advertisement

१ हजार सीसी इन्जिन क्षमता रहेको काइगरको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम तथा ४ सय ५ लिटरको बुस्ट स्पेस छ । कारमा नर्मल, इको र स्पोर्टी गरी ३ वटा अप्सन समेत छन् । ४ वटा एअर व्याग रहेको यो कारमा पुस बटन, स्मार्ट कि सुबिधा उपलब्ध छ । पेट्रोलबाट चल्ने यो काइगरको माइलेज प्रतिलिटर १७ देखि २० किमीसम्म रहेको गुप्ताले बताए ।

कारको मूल्य २८ लाख ४९ हजार रुपैयाँदेखि ३८ लाख १९ हजारसम्म रहेको कम्पनीका बजार अधिकृत तिरबहादुर रोकामगरले जनाए । सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले आइतबार कार सार्वजनिक गर्दै पछिल्लो समय कार बिक्री कक्षहरु धमाधम खुल्दा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताए ।