April 18, 2025, Friday
२०८२ बैशाख ५

सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

सर्वोत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त भएको छ । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम सिमेन्ट लिमिटेडले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । 

जुन नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड हो । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वोत्तम सिमेन्ट देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा संरचनाहरु जस्तै धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको छ । अब यस ब्राण्डले उक्त ४३ ग्रेडका सिमेन्ट उत्पादन गरी गुणस्तरमा एक नयाँ आयाम प्राप्त गरेको छ ।