January 23, 2025, Thursday
२०८१ माघ १०

बुटवल र बर्दिवासमा पनि डिसहोम फाइबरनेट सेवा विस्तार

डिसहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ। डिसहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो।

डिसहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवाप्रदायक भएको कम्पनीको दाबी छ। कम्पनीले बुटवलको सिद्धबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेस क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायत क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको हो।

Advertisement

यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्सन, डिसहोम मोबाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुनेछ।

ललगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ विघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिसहोम फाइबरनेट सेवा जडान सुरु गरिएको हो।

राजधानी काठमाडौंसहित मुलुकका प्रमुख सहरमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा सञ्चालन गरेको हो।

कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै सहरमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिसहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीव्र बनाउने जानकारी दिएको छ।