तीन विरामीलाई प्रवासी नेपालीको आर्थिक सहयोग
भैरहवा– रोजगारीका लागि बेलायत पुगेका भैरहवाका स्थानीयहरुले संकलन गरी पठाएको रकम विरामीलाई प्रदान गरिएको छ ।
सिद्धार्थनगर भैरहवा परिवार–बेलायतले उपलब्ध गराएको रकमबाट शनिबार भैरहवामा आयोजित कार्याक्रममा गम्भीर तीन जना विरामीको उपचारका लागि रकम प्रदान गरिएको हो ।
बेलायतमा बस्दै आएकी शर्मिला हिराचनको नेतृत्वमा ४१ जना नेपालीहरुले ४ लाख रुपैयाँ संकलन गरी पठाएका थिए । उक्त रकमबाट सिद्धार्थनगर नगरपालिका–१, बेलहिया निवासी मृगौली पीडित अर्जुन राना, पाठेघर क्यान्सर पीडित सिद्धार्थनगर–८ की मञ्जु राना र मृगौली रोगी कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डेको उपचारका लागि २५/२५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको स्थानीय संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।
प्राप्त सहयोग रकमबाट यसअघि श्रेष्ठकै नेतृत्वमा भैरहवास्थित युनिभर्सल मेडिकलमा निःशुल्क खाना खुवाउनका लागि २४ हजार पनि सहयोग गरिएको श्रेष्ठले बताए ।
बेलयातबाट प्राप्त सहयोगमध्ये बाँकी केही रकमले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिने र अन्य रकमबाट भैरहवामा बुद्ध मूर्तिसहितको पार्क बनाउने योजना रहेको श्रेष्ठले सुनाए । ‘यसका लागि स्थानीय सरकार, सडक विभाग लगायतका निकायसंग समन्वय र सहकार्य भइरहेको छ’, उनले भने, ‘महंगो रकम खर्च हुने भएकाले अन्य सामाजिक क्लबसँग पनि सहकार्य गर्छौं ।’
नेपाल क्यान्सर सर्पोट गु्रपका केन्द्रीय उपाध्यक्ष दिलीप भट्टराई, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी सचिव विजय पाण्डे, लायन्स क्लब अफ बोहिमियन्सका अध्यक्ष किृतेशकुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले प्रवासी नेपालीको सहयोग सहरानीय भएको बताए । सामाजिक कार्यक लागि सबै एक ठाउँ हुनुपर्ने उनीहरुको जोड थियो ।
प्रतिकृया दिनुहोस्