March 18, 2025, Tuesday
२०८१ चैत्र ५

नयाँ प्रविधिमा रोपाइँ

भैरहवा– केही किसानले हाते टयाक्टरबाट खेती हिल्याए पनि अधिकांशले गोरुले नै खेत हिल्याएका छन् । हाते ट्याक्टरले सुख्खा बारी जोत्न सजिलो भए पनि खेत हिल्याउन अप्ठेरो भएको कृषकको गुनासो छ ।

सदरमुकाम नजिकका केही कृषकले ठुलो ट्याक्टरले खेत जोतेका छन् । गाउँमा गोरुले हिल्याएर रोपाइँ भैरहेको छ । रोपाइँ गर्दा सनाई र बाजा बगाएर वाली गित गाउने परम्परा लोप हुँदै गएको छ ।

Advertisement

नयाँ पुस्ताले परम्परालाई समात्न नसकेको सन्धिखर्क नगरपालिका–९ की ५९ वर्षीय तुला खत्रीले बताइन् । ‘असार १५ र अन्य दिन रोपाइँ गर्दा सबैले सनाई, बाजा बगाएर वाली गित गाउँदै गाइन्थ्यो, अहिले छिटफुट मात्रै देखिन्छ’, उनले भनिन, ‘सेलरोटी, आलुको अचार, ध्यु दुना टपरीमा खाइन्थ्यो । अहिले त चाउचाउ, बिस्कुट हुन्छ ।’ उनले परम्परा जोगाउन युवा पुस्ता लाग्नुपर्ने बताइन् ।

बेलैमा पानी आएकाले यसपाली धेरैले रोपाइँ सक्दैछन् । हाते ट्याक्टरले जोत्दा धेरै शरिर दुख्ने, थकाई लाग्ने भएकाले हिल्याउन अप्ठयारो भएको कृषक पुनाराम आचार्यले बताए ।

गोरुले नै हिल्याए । कोरोनाको डरले धेरै खेताला नबोलाई घरपरिवारले नै रोपाइँ गरेको उनले बताए । रोपाइँ गर्दा सनाई, बाजा बजाएर गित गाउने चलन हराएको उनले बताए । ‘बाको पालासम्म रमाइलो हुन्थ्यो, अहिले त्यस्तो छैन’, उनले भने । मोटर सुविधा पुग्ने ठाउँका नयाँ पुस्ताले ट्याक्टरले खेत हिल्याउने गर्छन् । ट्याक्टर नपुग्ने खेतमा गोरुले नै जोत्ने गरेको उनले बताए ।