March 22, 2025, Saturday
२०८१ चैत्र १०

सिद्धार्थनगरले कुन क्षेत्रमा कति बजेट छुट्यायो ?

भैरहवा– स्वास्थ्य–शिक्षा, पर्यटन, पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले कुल बजेटको ४८.४४ प्रतिशत चालुतर्फ र ५१.५६ प्रतिशत पूँजिगततर्फ रकम विनियोजन गरेको छ ।

बिहीबार नगर सभामा आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै नगर उप–प्रमुख उमा काफ्लेले संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम र आन्तरिक आयबाट उक्त बजेट ल्याइएको जानकारी दिइन् ।

Advertisement

नगरको दैनिक सेवाप्रवाह र विकासका विभिन्न क्षेत्रमा लगानी गर्दै नगरका सम्भावनाहरूको उपयोग गरी ‘पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ नगरपालिकाको दीर्घकालीन सोंचलाई आत्मसात् गर्नेतर्फ केन्द्रित भई यो वार्षिक बजेट निर्माण गरेको काफ्लेले जनाइन् । बजेटमा विपद् व्यवस्थापन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, पशु, रोजगार, सहकारी, उद्योग, पर्यटन, वातावरण संरक्षण तथा पर्यावरणीय विकास, सुशासन तथा संस्थागत विकासलाई पनि निकै महत्वसाथ प्राथमिकता दिइएको छ ।

नगरपालिकाले आ.ब. २०७६–७७ को कूल आम्दानी रू. १ अर्ब १८ करोड ५७ लाख ४८ हजार ५ सय ९३ रूपैयाँ गरेको र जसमध्ये कूल खर्च १ अर्ब १ करोड ७० लाख ९७ हजार १सय ७८ रूपैयाँ भएको जनाएको छ ।

यस्तो छ क्षेत्रगत बजेट

पूर्वाधारतर्फ
१) नाल निर्माणाधिन दरखसवा खेल मैदान, विपन्नहरुका सुरक्षित आवास निर्माण, दरखसवा पार्क, वार्ड नं. ६ को वडा कार्यालय भवन तथा स्वास्थ्य सेवाप्रवाह भवन, खजहना आधारभूत विद्यालय, महात्मा बुद्ध मा.वि. र नवदुर्गा मा.वि. को भवन निर्माण कार्य, वडा नं. १ मा स्वास्थ्य सेवा प्रवाहका लागि तल्ला थपको कार्य, बिभिन्न शहरी सडक मर्मतलगायतका कामहरु, कोभिडका कारण यसै आ.ब. भित्रै सम्पन्न हुन नसक्ने देखिएकोले ती योजनाहरुलाई क्रमागतमा राखी टेण्डर बमोजिमको काम सम्पन्न गर्नका लागि रु ६ करोड रकम विनियोजन गरिएको छ । यस्तै, वडा नं. १ डण्डा नदी किनारमा निर्माणाधीन पर्यटकीय गेट निर्माणको कार्य अन्तिम चरणमा रहेको छ । सो योजना सम्पन्न गर्नका लागि यसै क्रमागत योजनामा बजेट समावेश रहेको छ ।
२) नगरको एकीकृत शहरी विकास योजनाका आधारमा पूर्वाधार तर्फका कार्यक्रमहरु संचालन हुनेछन् । नगरको दीर्घकालीन महत्व राख्ने डण्डा कोरिडोरको समग्र विकास गर्न प्रदेश सरकार, संघीय सरकार तथादातृ निकायहरूसँग सहकार्य गर्ने व्यवस्था मिलाइने छ । यस आयोजनाका लागि रू ५० लाख विनियोजन गरिएको छ ।
३) नगरपालिकाको वडा नं. ३ मा रहेको दरखस्वा पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट रू. १ करोड र नगरपालिकाको सहभागितामा रू. १ करोड गरी कुल जम्मा रू. २ करोड विनियोजन गरिएको छ । यसबाट पार्कको करिब मुख्य संरचना निर्माण भइ पूर्णरुपमा संचालनमा आउने लक्ष्य राखिएको छ ।
४) नगर क्षेत्रभित्र रहेका विपन्नहरूको सुरक्षित आवास निर्माण कार्यव्रmम (मेयर आवास) मार्फत आगामी आर्थिक बर्षमा बाँकी रहेका करिब २५ वटा आवास निर्माण सम्पन्न गरी नगरलाई सुरक्षित आवासयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । सोको लागि रू. ६० लाख विनियोजन गरिएको छ । साथै प्रदेश सरकारबाट मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत विशेष अनुदानबाट प्राप्त रू ७० लाखमध्ये उक्त कार्यक्रम संचालन कार्यविधि बमोजिम पँुजीगततर्फ विनियोजन हुने रकमलाई समेत यसै कार्यक्रममा थप गरी आवास निर्माण गरिनेछ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट चालुतर्फ विनोयोजित गरिने रकमलाई कार्यविधि बमोजिम रोजगारी सृजना गरिने खालका कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाइएको छ ।
५) नगरपालिकाभित्र जीर्ण भएका सडकहरुको मर्मत सम्भारका लागि सडक बोर्ड नेपालबाट रू. ८० लाख र नगरपालिका सहभागिता रू. ४० लाखहुने गरी रू. १ करोड २० लाख र यसै कार्यक्रम अन्तर्गत सडक बेसकोर्स निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ ।
६) वडास्तरीय योजनाको लागि चालु आ.ब. मा उपलब्ध गराइएको रकम सरह नै रू ८ करोड २० लाख विनियोजन गरिएको छ । जसमध्ये वडा नं. १ का लागि रू. ६९ लाख २७ हजार, वडा नं. २ का लागि रू. ५९ लाख ९५ हजार, वडा नं. ३ का लागि रू. ६९ लाख ८९ हजार, वडा नं. ४ का लागि रू. ६५ लाख ७९ हजार, वडा नं. ५ का लागि रू. ४५ लाख २८ हजार, वडा नं. ६ का लागि रू. ७३ लाख ८६ हजार, वडा नंं ७ का लागि रू. ५५ लाख ३६ हजार, वडा नं. ८ का लागि रू ७३ लाख ५६ हजार, वडा नं. ९ का लागि रू. ७६ लाख ३६ हजार, वडा नं. १० का लागि रू. ६२ लाख ३४ हजार, वडा नं. ११ का लागि रू. ५५ लाख ६९ हजार, वडा नंं १२ का लागि रू. ५६ लाख १७ हजार र वडा नंं १३ का लागि रू. ५६ लाख ४८ हजार विनियोजन गरिएको छ । सो रकम वडाका अत्यावश्यक पूर्वाधारहरु, आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन र सुशासन र संस्थागत विकासमा खर्च हुनेछ ।
७) दरखसवा खेल मैदानको लागि रू १ करोड रकम विनियोजन गरिएको छ । यसको डिपिआर अनुसार थप निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारमा पहल भैरहेको छ । यसको निर्माण पश्चात् बहु उपयोग क्षेत्रका रुपमा जस्तैः मेलामहोत्सव, विपद् व्यवस्थापनका लागि प्रयोग गर्न सकिने, खुला क्षेत्रलगायतका अन्य प्रयोजनका लागि पनि प्रयोगमा ल्याउन सकिनेछ ।
८) नगर तथा वडाहरुको सन्तुलित विकासका लागि अन्य पूँजीगत शीर्षक अन्तरगतरु. २ करोड ५० लाख विनियोजन गरेकी छभएको छ । सो रकमबाट नगरका सडक पिच, नाला निर्माण, सडक ग्राभेल, मर्मत संभारका कार्यहरु लगायतका पूर्वाधार निर्माणमा खर्च गरिनेछ ।
९) नगर सौन्दर्यीकरण अन्तरगत मुख्य–मुख्य स्थानमा बिशेष प्रकारको सडक बत्ति जडान गर्नेकार्यको लागि रु ५० लाख, सवारी चापलाई मध्यनजर गर्दै बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाईट जडान गर्नको लागि रु ६० लाख, मैत्रीपथमा फुटपाथ निर्माणका लागि रु २५ लाख, नगरपालिकाको विभिन्न सडकहरूमा सडक बत्ती व्यवस्थापनका गर्न आवश्यक विद्युत सामग्री खरीदका लागि रू. ४० लाख विनियोजन गरिएको छ । सौन्दर्यीकरणका लागि जडान गरिएका बुद्ध मूर्तिहरुको आवश्यक संरक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
१०) वडा नं. ८ को उचमी पथदेखि शिव सापकोटाको घर हुँदै दक्षिणतर्फ जाने बाटोको स्तरोन्नतीका लागि रु १५ लाख, बसडिलवा देवी चौधरीको खेत उत्तरतर्फ जाने बाटोमा सडक स्तरोन्नतीका लागि २० लाख, वार्ड नंं ६ को पशुपति शिक्षालय जाने बाटो तथानाली स्तरोन्नतीका लागि १० लाख, सि.न.पा. ६ को बिपीपथदेखि पश्चिमको बाटोमा सडक पिचका लागि २० लाख, वडा नं. ६ दुर्गाकोलोनीको उत्तरतर्फको बाटो स्तरोन्नतीका लागि रु. २० लाख, वडा नं. ९ रुपन्देही क्याम्पसदेखि पूर्व गएका सडकहरु स्तरोन्नतीका लागि १० लाख, बिभिन्न नाली, स्ल्याब मर्मतका लागि १० लाख, बिभिन्न सामुदायिक भवन निर्माण सहयोगका लागि १० लाख, भित्री सडकका बिभिन्न विद्युत पोल व्यवस्थापनका लागि १० लाख, फोहरमैला व्यवस्थापन सवारी साधन राख्ने पूर्वाधार निर्माणका लागि ७० लाख व्यवस्था गरिएको छ ।
११) वडा नं. १ बेलहिया नेपालभारत सिमानामा पशुपतिनाथको झल्को दिने गरी आधुनिक प्रवेशद्वार निर्माणको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ । डण्डा खोलामा निर्माण गरिएको वोटिङ्ग स्टेशन सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न रु १० लाख विनियोजन गरिएको छ । वडा नं. १ मा पर्यटकीय गेटको उत्तर तर्फ डण्डा खोला छेउमा पार्क निर्माणको लागि रु १५ लाख विनियोजन भएको छ ।
१२) नगरपालिका भित्रलागत सहभागितामा सञ्चालन हुने योजनाहरुको लागि रु १ करोड रकम विनियोजन भएको छ ।
१३) सिद्धार्थनगर भित्र अव्यवस्थित सवारी साधन मर्मत गर्ने कार्यलाई व्यवस्थित गर्न वडा नं. ९ को अटो भिलेजलाई रु १५ लाख विनियोजन गरिएको छ । आँखा अस्पतालको पूर्वाधार तथा मेशिनरी पूँजीगत सहयोगको लागि रु २० लाख रकम विनियोजन भएको छ । साथै भिम अस्पतालका लागि पूँजिगत सुधारतर्फ आवश्यक सहयोग गरिनेछ ।
१४) बुद्धको आकृति झल्कने गरी नगरपालिकाको नयाँ कार्यालय भवन निर्माणका लागि लागत सहभागिता र सशर्त अनुदान गरी रु. ६ करोड विनियोजन भएको छ । आर.यु.डि.पी. र अन्यदातृ निकायबाट प्राप्तहुने रु. २ करोड ६० लाख रकमबाट नगरपालिकाको सम्पत्ती अभिलेखिकरण र संरक्षण, जि.आइ.एस. हाउस नम्बरिङ, राजस्व सुधार लगायतका तोकिएका कार्यमा खर्च गरिनेछ ।
१५) नगरपालिकाको लागत सहभागिता र प्रदेश सरकारको समपुरक अनुदान कार्यक्रम अन्तरगत सि.न.पा. ६ सोमयीमाइ पथदेखि उत्तरहुँदै पश्चिम जेनुन पथमा सडक तथा नाली निर्माणका लागि प्रदेश सरकारको ५० लाख र नगरपालिकाको लागत सहभागिता रु. ५० लाख गरी कुल रु १ करोड र वडा नं. १३ सिर्जना पथमा सडक तथा नाली निर्माणका लागिप्रदेश सरकारको ५० लाख र नगरपालिकाको लागत सहभागिता रु. ५० लाखगरी रु १ करोड विनियोजन भएको छ ।
१६) प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट नगरपालिका क्षेत्रभित्रका स–सना गल्ली र सडकको स्तर उन्नती गर्नका लागि प्राप्त रकम सम्बन्धित योजना माखर्च गरिनेछ । संघीय सरकारको सशर्त अनुदानबाट शिवमन्दिर पर्यटन पूर्वाधार निर्माण सि.न.पा. ८ का लागि विनियोजित रु. १० लाख सोही योजनामा खर्च गरिनेछ । नगरपालिकाले लागत साझेदारीमा संचालन गर्ने पूर्वाधार तर्फका अन्य आयोजनाका लागि आवश्यक समपुरक रकम विनियोजन भएको छ ।

सामाजिक विकासतर्फ
१) महिला स्वास्थ्य स्वयंसेविका कार्यव्रmममा प्रोत्साहनको लागि यातायात, खाजा, तालिम पोशाक आदिको लागि रू. ११ लाख ५० हजार, अध्ययन अवलोकन भ्रमणको लागि रु. ७ लाख, महिला स्वास्थ्य स्वयंसेविका, अतिविपन्न अनाथ, पूर्ण र बहुअपांगता भएका व्यक्ति, असक्त, महिला तथा बालबालिका, विपन्न एकल महिला तथा ८४ बर्ष माथिका बृद्ध बृद्धाहरुलाई निःशुल्क सरकारी स्वास्थ्य वीमाको लागि रु. ३० लाख व्यवस्था गरिएको छ ।
२) कोभिड–१९ आपतकालिन कार्यक्रमका लागि रु. ३० लाख, कोभिड–१९ लगायत आकस्मिक महामारी व्यवस्थाको लागि स्वास्थ्यकर्मी परिचालन तथा प्रोत्साहनका लागि रु. १२ लाख, कोभिड–१९ लगायत विभिन्न रोगहरुबाट बचावट गर्न सुरक्षा सामाग्रीहरु लगायत दुषण निवारण र सामाग्री खरीदतर्पm रु. १० लाख विनियोजन गरिएको छ । नगरको आपतकालिन केन्द्र संचालनका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
३) शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना तथा सञ्चालनका लागि रू. २५ लाख, स्वास्थ्य संस्था तथाखोप केन्द्र विस्तार एवं व्यवस्थित गर्न रु. १० लाख विनियोजन भएको छ ।
४) स्वास्थ्यतर्फको सशर्त अनुदान कूल रू. ४ करोड ७६ लाख आएकोमा आधारभूत तथा आकस्मिक सेवाका लागि औषधी र स्वास्थ्य सुरक्षा सामग्रीको लागि रू. १९लाख, मातृ तथानव शिशु (आमा सुरक्षा) कार्यव्रmमका लागि रू. ३ करोड ३० लाख विनियोजन भएको छ ।
५) मातृ तथा नवशिशु कार्यक्रमका लागि रु. १५ लाख १९ हजार, पोषण कार्यक्रमका लागि रु. ११ लाख ८४ हजार विनियोजन गरेकी छु ।
६) सुरक्षित मातृत्व प्रवद्र्धन कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमाहरूसँग उप–प्रमुखको शुभकामना सहितको कोसेली भेट कार्यक्रमका लागि रू. २५ लाख विनियोजन गरेकी छु ।
७) कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न तथा बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुका लागि थप तलबका लागि रु. ५६ लाख ५० हजार र राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता सञ्चालन गर्न रु. १० लाख, खेल प्रशिक्षक तालिमका लागि २ लाख विनियोजन गरेकी छु ।
८) सामुदायिक विद्यालयका प्र.अ. शिक्षकहरुलाई क्षमता विकास गर्न रु. ८ लाख, प्रारम्भिक कक्षालाई छापामय बनाउन रु. ६ लाख, कोभिड–१९ लगायत विषम परिस्थितिका बेलामा निरन्तर सिकाई अभिबृद्धिका लागि सहजीकरण गर्ने कार्यव्रmमका लागि रु. १५ लाख विनियोजन गरेकी छु । किशोरीका लागि आत्मरक्षा तालिमका लागि रु २ लाख, अभिभावक, पूर्व प्राथमिक शिक्षक, प्रारम्भिक कक्षा पढाउने शिक्षक, शारिरिक शिक्षकको क्षमता विकासका लागि ८ लाख ५० हजार, विद्यालयहरुमा विद्युतिय हाजिरी र सिसि क्यामरा जडानका लागि रु १० लाख, गरिब तथा जेहेन्दार छात्रा मैत्री प्रविधि सहयोग ६ लाख, फरक क्षमता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री सहयोग २ लाख, कम्प्यूटर नभएको विद्यालयहरुमा कम्प्यूटर प्रिन्टर लगायतका सहयोग १० लाख, संस्थागत विद्यालयका शिक्षकका लागि बालमैत्री शिक्षा र प्रिन्सिपलहरुलाई क्षमता विकासका लागि ४ लाख, धार्मिक विद्यालयका लागि रु. ३ लाख र रुपन्देही क्याम्पसलाई पूर्वाधार सहयोग ५ लाख विनियोजन भएको छ ।
९) स्थानीय पाठ्यक्रम निर्माण एवं प्रबोधीकरण, शिक्षा नियमावली र नगरको शैक्षिक रणनीतिक योजना निर्माणका लागि १३ लाख विनियोजन गरिएको छ ।
१०) बालबालिका एवं बाल क्लबहरुको संस्थागत सुदृढीकरण एवं क्षमता विकासको लागि रु. १० लाख ५० हजार विनियोजन गरेकी छु ।
११) शिक्षातर्फ सशर्त अनुदान बापत कुल रकम रु. २० करोड २८ लाख रकम प्राप्तभएकोे छ । सो मध्ये चालु तर्फ शिक्षकको तलबभत्ता, पाठ्यपुस्तक, दिवाखाजा, विद्यालय संचालन अनुदान, धार्मिक विद्यालयका लागि अनुदान, शैक्षिक गुणस्तर सुधार, छात्राहरुलाई सेनिटरी प्याड वितरणमा खर्च हुनेछ । साथै पूँजिगततर्फ रुपन्देही लिलाराम मा.वि. र भानु मा.वि. को विद्यालय भवन निर्माणका लागि प्रतिविद्यालय १ करोड ६६ लाख प्राप्त भएकोमा सोही बमोजिम पूर्वाधार निर्माण गरिने छ । साथै भुजौली आधारभूत विद्यालय र पक्लिहवा मा.वि. लाई प्रति विद्यालय रु. २५ लाखका दरले रकम प्राप्त भएकोमा रकम रु.७५ लाख थप गरी भवन निर्माण कार्य सम्पन्न गरिनेछ ।
१२) युवाहरुको लागि आयमूलक, सीपमूलक कार्यक्रमको लागि रु. २८ लाख ५० हजार, मधेशी, मुस्लिम तथा पिछडा वर्गको आयमूलक एवं सीपमूलक कार्यक्रमको लागि रु. ५ लाख, आदीवासी, जनजाति लक्षित कार्यव्रmमको लागि रु. ८ लाख, दलित लक्षित कार्यक्रमहरुको लागि रु. ९ लाख ५० हजार, अपाङ्ग लक्षित कार्यव्रmमको लागि रु. ९ लाख ५० हजार विनियोजन गरगरिएको छ ।
१३) बृद्ध सम्मान एवं धार्मिक पुस्तक तथा भजनकिर्तनको लागि वाद्यवादनका सामग्री व्यवस्था गर्न रु. ७ लाख, ज्येष्ठ नागरिक आश्रय, मिलन केन्द्र स्थापना गर्न रु. ५ लाख, सिद्धार्थनगरलाई सहयोगापेक्षी सडक मानवमुक्त नगर बनाउने आवश्यक कार्यक्रमको लागि रु. ७ लाख विनियोजन भएको छ ।
१४) उप प्रमुखसँग महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरुको लागि आयमूलक, सीपमूलक कार्यव्रmमको लागि रु. २८ लाख, गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका लागि रु. २७ लाख विनियोजन भएको छ ।
१५) माहात्मा बुद्ध गोल्डकपको लागि रु. २५ लाख, मेयर व्रिmकेट प्रतियोगिता सञ्चालन गर्न रु. १० लाख, उपप्रमुख महिलाकप प्रतियोगिता सञ्चालन गर्न रु. १० लाख, माछापुच्छ्रे क्लबलाई फुटबल संचालन गर्न ३ लाख, भैरब क्लबलाई खेलकूद संचालन गर्न ५० हजार, ब्याडमिन्टन क्लबलाई १ लाख ५० हजार, बाँकी बिभिन्न खेलकूद कार्यक्रमहरु सञ्चालन गर्नका लागि ५ लाख रकम विनियोजन भएको छ ।
१६) खेलकूद एवं खेलाडी अक्षय कोषका लागी थप रकम १० लाख, पत्रकारिता अक्षय कोषका लागि ३ लाख, भाषा, कला, संस्कृति र साहित्य अक्षय कोषमा थप गर्नको लागि ३ लाख, भाषा साहित्य कला संस्कृतिका विविध कार्यक्रमका लागि रु १० लाख, सिद्धार्थनगरको भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी अध्ययन पुस्तक लेखन तथा प्रकाशनका लागि रु. ३ लाख विनियोजन गगरिएको छ । धार्मिक, सामाजिक तथा अन्य संघ संस्थाहरुलाई पूँजीगत अनुदानको लागि रु. १५ लाख विनियोजन भएको छ ।
१७) युनिसेफ समेतको सहयोगमा नगरपालिकाको वास प्लान निर्माणका लागि रु. २० लाख, नगरपालिकाको नगर पाश्र्व चित्र बनाउनको लागि संस्थासँग कार्य सम्झौता सम्पन्न भई आंशिक रुपमा कार्य भई रहेको अवस्थामा कोभिड–१९ को कारणले पुरा हुननसकेको कार्यक्रमलाई निरन्तरता दिन युनिसेफ समेतको लागत साझेदारीमा रु. २० लाख विनियोजन भएको छ ।
१८) उपभोक्ताको स्वास्थ्यएवं हकहित बृद्धि तथाबजार अनुगमन, महिला समूह, समिति गठन एवं परिचालन, वडा स्तरिय परामर्श बैठक, अनुशिक्षण कार्यक्रम, आधारभूत तालिम, पूर्व सहकारी शिक्षा, नेतृत्व तथा संस्थागत विकास तालिम, लेखापालन तालिम आदिको लागि रकम व्यवस्था गरिएको छ ।
१९) महिला उद्यमशिलता सहजीकरण केन्द्र स्थापना तथा कार्यव्रmम सञ्चालनको लागि रु. ४ लाख, महिलाहरुको लागि स्यानिटरी प्याड बनाउने तालिमका लागि रु १ लाख ५० हजार विनियोजन भएको छ ।
२०) बालश्रम मुक्त स्थानीय तह घोषणा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु. ३ लाख, बालश्रम, बालविवाह, बहु विवाह, दाइजो, बोक्सी, छाउपडी जस्ता कुप्रथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, मानव बेच विखन तथा ओसार पोसार नियन्त्रण, लैङ्गिक हिंसा निवारण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनको लागि आवश्यक रकम विनियोजन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभाग अन्तर्गत सशर्त अनुदानबाट प्राप्तहुने रकम सोही कार्यका लागि खर्च गरिनेछ ।

आर्थिक विकासतर्फ
१) घर घरमा कौशी तथा करेसावारी, भान्साभान्सामा अर्गानिक ताजा तरकारी भन्ने मूल नारा सहित बिभिन्न किसिमको फलफूल, तरकारी जडीबुटीको खेती गरी भान्सा नै पहिलो औषधालय अभियान संचालनका लागि तालिम रउत्पादन कृषि सामाग्री वितरण, ताजा तरकारी उत्पादनका लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी स्थलगत घुम्ति तालिम, तरकारी बालीको उत्पादन, प्रर्दशनलगायतका लागि रू. ८ लाख ७५ हजार र तरकारी बिउको मिनी किट वितरणका लागि रू. ५ लाख विनियोजन गरिएको छ ।
२) च्याउखेती सम्बन्धी (बिउ वितरण) कार्यव्रmम, च्याउ खेती सम्बन्धी स्थालगत घुम्ति तालिमका लागि रु. ५ लाख ४० हजार, साधारण तथापावर स्प्रेयर का लागि २ लाख, कम्पोष्ट मलतथा घरेलु विषादी बनाउने तालिमका लागि १ लाख ६० हजार, आकस्मिक बाली संरक्षण सेवा २ लाख ५० हजार, प्र्राङ्गारिक तथा बर्मी कम्पोष्ट मल वितरण ३ लाख ३० हजार, धानगहुँको मूल विउ वितरणका लागि २ लाख ५० हजार, उन्नत जातको धानगहुँको विउ ५० प्रतिशत अनुदानमा वितरणका लागि रू. १० लाख विनियोजन गरिएको छ । साथै तोरी तथा मसुरोको बीउ अनुदान वितरण, खाद्यन्न बालीहरुको उत्पादन प्रदर्शन तथा खाद्यन्न तथा बीउउत्पादन सम्बन्धी स्थलगत घुम्ति तालिमका लागि १ लाख ७० हजार विनियोजन भएको छ ।
३) नगरका कृषकहरुको माटो परीक्षण शिबिर संचालनका लागि २ लाख, प्याज खेती प्रवद्र्धनका लागि १ लाख, अन्तर प्रदेशिय ब्यवसायिक कृषकहरुको अध्ययन अवलोकन ३ लाख, कृषिऔजार तथा सिचाई यन्त्र उपकरण ५० प्रतिशत अनुदानमा वितरण गर्न ४ लाख, मागमा आधारित कृषिकार्यक्रम संचालन रु. ५ लाख, बर्षे फलफूलको बिरुवा वितरणका लागि २ लाख ५० हजार विनियोजन गरेको छु । साथै संघीय सरकारको सशर्त अनुदानबाट चालु खर्चतर्फ प्राप्त ३५ लाख रकमबाट किसान सूचिकरण, स्थापना भएका सानाव्यवसायी कृषी उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम), बाख्राको साना व्यवसायीक कृषी उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम), गहुँबालिको साना व्यवसायीक कृष्ाि उत्पादन केन्द्र (पकेट कार्यक्रम) संचालन गरिनेछ ।
४) नगरको गौरवको आयोजनाअन्र्तगत रहेको सामुदायिक कृषि हाटबजार मध्ये ए ब्लकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त योजनाको सम्पूर्ण काम सम्पन्न गरी संचालन गर्नका लागि रू ६० लाख विनियोजन भएको छ । साथै “बीब्लक” को निर्माण कार्य भैरहेको र सोको सम्पूर्ण कार्य आगामी आ.ब. भित्रै सम्पन्न हुने लक्ष्य रहेको छ । सो आयोजना निर्माण सम्पन्न गर्नका लागि संघीय सरकारको शसर्त समपुरक अनुदानरू ४ करोड १५ लाख, संघीय सरकारको सशर्त तर्फको रू २ करोड र नगरपालिकाको लागत सहभागिता रू ४ करोड १५ लाखगरी कुल जम्मा रू १० करोड ३० लाख विनियोजन भएको छ ।
५) पशुपन्छी विकासतर्फ गाई भैसिको स्वच्छ दुध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउँवितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दानावितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रमका लागि रु.२५ लाख विनियोजन गरिएको छ ।
६) पशु पन्छी सेवातर्फ सशर्त अनुदानबाट प्राप्त रु.८ लाख रकमबाट इपिडिमियोलोजी रिपोर्टिङ्ग, कृत्रिम गर्भाधान मिसन, पशु आहार मिसन कार्यक्रम संचालन हुनेछन् ।
७) सशर्त अनुदानमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक अनुदान, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत रोजगार सेवा केन्द्रको संचालन, कामका लागि पारिश्रमिक योगदान कार्यक्रमका लागि आएको रकम सोेही कामका लागि खर्च हुने व्यवस्था मिलाइएको छ । यस कार्यक्रमकै लागि आवश्यक निर्माण औजारहरु खरिद गर्न रु १० लाख नगरपालिकाको तर्फबाट विनियोजन गरिएको छ ।
८) सहकारीतर्फ पूर्व सहकारी शिक्षातथा सहकारी सचेतना, आधारभूत सहकारी शिक्षा तालिम सहकारी तथा गरिबि निवारणका लागि व्यवस्थापन सुचना प्रणाली तालिम, सहकारी लेखापालन तथा सहकारी व्यवस्थापन तालिम, सहकारी मार्फत व्यवसाय प्रवद्र्धन तथा उद्यमशिलता विकास कार्यक्रम, पदाधिकारी तथा कर्मचारीका लागि सहकारी अन्तरक्रिया, तथा वडास्तरिय सहकारी प्रशिक्षण कार्यक्रम, स्थानिय सहकारी विकासका लागि अर्धवार्षिक पत्रिका प्रकाशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस कार्यक्रमका लागि २६ लाख ७० हजार विनियोजन भएको छ ।
९) पर्यटनतर्फ पर्यटन गुरुविकास योजना निर्माण नगरको मौलिक पहिचान सहितको मायाको चिनो तयारी प्रतियोगिता, बेरोजगार युवा लक्षितहोटल व्यवस्थापन तालिम, पर्यटन प्रवद्र्धनका लागि टुरिष्ट गाइड प्रशिक्षण तालिम, नगर भित्र सूचना केन्द्र संचालन, विदेशी भाषा प्रशिक्षण कार्यक्रम, कोसेली घर संचालनका लागि ३९ लाख ५० हजार विनियोजन भएको छ ।
१०) उद्यमशिलता प्रवद्र्धन तथा नवउद्यम प्रवर्तन कार्यक्रमका लागि रु.३ लाख विनियोजन गरिएको छ । नगरपालिका राजस्व सुधार कार्य अन्तर्गत कर संकलनका लागि कम्प्युटरकृत अनलाइन प्रविधि, कर शिक्षा कार्यक्रमका लागि रु.१३ लाख विनियोजन भएको छ ।

वातावरण तथा विपद् व्यवस्थापनतर्फ
१) नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, फोहोरलाई श्रोतमै न्यूनीकरण, प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न, मुख्य नालाको दैनिक सरसफाई, फोहोरमैला व्यवस्थापनका लागि ठेला खरीद तथा मर्मत लगायतको कार्यका लागि रू २३ लाख, नाला सरसफाई गर्ने एक्साभेटर साधन खरीद गर्न रू ३५ लाख, नगरकार्यपालिको मुख्यमुख्य स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि ४० लाख विनियोजन गरिएको छ ।
२) स्र्वगद्वारीघाट तथा अन्य कब्रस्थानहरुको व्यवस्थापन र हरियाली व्यवस्थापन समेतका कार्य १० लाख, नगर क्षेत्रमा हरियाली, वातावरण संरक्षणका लागि रू. १४ लाख ५० हजार विनियोजन भएको छ ।
३) सिद्धार्थनगरलाई बाह्रै महिना फुलफुल्ने शहरको रुपमा विकास गर्न एक वडामा एक उद्यानपार्क निर्माण कार्यलाई रु ३० लाख विनियोजन गरेकी छु । वातावरणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
४) कोभिड १९ लगायतका सवै किसिमका विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषकालागि रू. २० लाखर नगरको नियमित सरसफाइकालागिजनशक्ति परिचालन लगायत अन्य कामको लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
५) हाम्रो नगर सफानगर अभियान स्थानीयबासीहरूको सक्रियतामा संचालन गर्ने र सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम टोल विकास संस्था, आमा समूहको सहभागीतामा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
६) नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि रू ५४ लाख ५० हजार विनियोजन गरेकी छु ।

सार्वजनिक सेवाप्रवाह तथा क्षमताविकासतर्फ
१) मानव संशाधन विकास, संस्थागत क्षमता विकास, राजश्व परिचालन, वित्तीय व्यवस्थापन, सेवाप्रवाह र सुशासन कायम गर्न जनशक्ति नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य सेवाप्रवाह गर्ने संयन्त्र तथा अन्य प्रशासनिक कार्य संचालनका लागि कुल रकम रु. २३ करोड ९१ लख ५० हजार विनियोजन गरिएको छ ।
२) आ.ब. २०७६–७७ मा नगरपालिकाले सम्पादन गरेका कार्यहरुको स्थानीय तह स्वमूल्यांकन कार्यविधि, २०७७ बमोजिम नगरपालिकाको मूल्यांकन गर्दा ७७.५ अंक प्राप्त भएको छ । मूल्यांकन अनुसार अन्य स्थानीयतहहरु मध्ये सिद्धार्थनगर नगरपालिकाको स्थान अग्रपंक्तिमा नै छ । आगामी दिनहरुमा अझ थप सुधारका लागि गर्नुपर्ने नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका लागि आवश्यक पर्ने साधन स्रोतहरुलाई बजेटमा समावेश गरिएको छ ।
३) विगत समयदेखि कार्यरत अस्थायी तथा करारमा कर्मचारीहरूको आर्थिक वर्ष २०७८–०७९ मा समेत उनीहरूको सेवामा निरन्तरता कायम गर्ने व्यवस्था मिलाइएको छ । साथै अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूको सेवा सुविधाको निरन्तरताका लागि आवश्यकबजेट विनियोजन भएको । शाखा प्रमुखहरुसँग सेवा करार संझौता गरी क्षमता र योग्यताअनुसारको जिम्मेवारी तोकिने व्यवस्था मिलाइएको छ ।
४) कर्मचारीहरूको सेवाको निरन्तरता, स्थायित्व र उच्च मनोवलकायम गरी कार्यस्थलमा खट्ने वातावरण तयार गर्न कर्मचारीहरूका बृत्ती विकास, क्षमता विकास, स्तरबृद्धि गर्ने, तालिम लगायतका क्षमता विकासका कार्यक्रमहरु संचालन गर्नका लागि आवश्यकव्य वस्था मिलाइएको छ ।
५) आ.ब. २०७८–७९ का लागि पारित गरिएका नीतिहरू कार्यान्वयन गर्नका लागि बजेट व्यवस्था गरिएकोमा सोही बमोमिज र अन्यका र्यक्रम विद्यमान जनशक्तिबाट कार्यान्वयन गरिने व्यवस्था मिलाइएको छ ।
६) नगर क्षेत्रभित्रदर्ता भएकाएफ.एम, टिभी, पत्रपत्रिका, अनलाइनसँग सम्झौता गरी सूचनामूलक र सन्देशमूलक सामग्री प्रकाशन तथा सम्प्रेषणका लागि रु ११ लाख, रुपन्देही एफ.एम. पूजिगत सुधारका लागि रु ५ लाख, पत्रकार महासंघ रुपन्देहीका कार्यक्रमहरु संचालनका लागि ४ लाख, फ्रि वाइफाइ जोनका लागि ५ लाख विनियोजन गरिएको छ ।
७) मेलमिलापकेन्द्रको विस्तार, न्यायिक समिति र मेलमिलापकर्ताको क्षमता विकास, कानूनी साक्षरता अभियान तथा शिविर संचालनका लागि १४ लाख २० हजार, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई लक्षित गरी सीपमूलक कार्यक्रम संचालन गर्न ४ लाख, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन गर्न ३ लाख रकम विनियोजन गरिएको छ ।
८) सुरक्षित आप्रवासन कार्यक्रमअन्तरगत सशर्त अनुदानबाट प्राप्त हुने कार्यक्रमहरु सोही बमोजिम संचालन हुनेछन् ।
९) हाल कोभिड १९ को महामारीको चपेटामा परेकोले नगरपालिकालाई संघ, प्रदेश तथा अन्य निकायबाट प्राप्त हुने आयस्रोत र नगरको आन्तरिक आयमा सङ्कुचन हुन सक्ने अवस्थालाई विश्लेषण गरी सोही अनुरूप लचकताका आधारमा कार्यक्रम संशोधन गरी कार्यान्वयन गरिनेछ । यस्तो अवस्थामा कोरोना भाइरस वा अन्य विपद्को व्यवस्थापन, नियन्त्रणको कार्यलाई पहिलो प्राथमिकतामा राखी अन्यकार्यक्रमहरू क्रमशः अगाडि बढाइने छ ।

राजश्व परिचालनको नीति तथाकार्यक्रम
राजस्व परिचालनका नीतिहरु देहायब मोजिमहुने छन् ।
– कोभिड १९ का कारण पटक पटक बन्दाबन्दी, निषेधाज्ञा भइसम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भएको, आर्थिक विकासका सम्पूर्ण गतिविधिहरूमा नकारात्मक असर परेको कारण चालु आ.ब. मा तोकिएका कर तथा शुल्कको दरमा कुनै पनि करका दर, दस्तुर शुल्कहरूमा वृद्धि नगरी यथावत राख्ने ।
– नगरपालिकाले उठाउने सबै प्रकारका करहरूलाई दर कम दायरा फराकिलो बनाउँदै सबै वडा कार्यालयबाटै क्रमशः प्रविधिको उपयोग गरी कर, दस्तुर, सेवाशुल्क सङ्कलन गर्ने ।
– व्यवसाय करको दायरा बढाउने र बढीभन्दा बढी व्यवसायीहरूलाई कर तिर्न प्रोत्साहित गर्न कर सप्ताहवा कर जागरण कार्यक्रम सञ्चालन गर्ने । कर असुली कार्यलाई थपप्रभावकारी बनाउन वडा समिति र टोल विकास संस्थाहरूलाई परिचालन गर्ने ।
– निरन्तर र समयमै नगरपालिकालाई सबै भन्दा बढि कर बुझाउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने परम्पराको थालनी गरिने ।
– आर्थिक वर्ष २०७८–७९मा करका दर, छुट सम्बन्धी व्यवस्था आर्थिक ऐन, २०७८ मा व्यवस्था भएबमोजिम हुने ।
– विगत समयमा कर नबुझाएमा विगतका आर्थिक वर्षहरूकोे जरिवाना जोडी बक्यौता समेत असुल गर्ने ।
– व्यवसाय कर लिदा एउटै फर्ममा फरक, फरक प्रकृतिका व्यवसाय सञ्चालन गरेकाको हकमा तोकिए बमोजिमको फरकफरक प्रकृतिका व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिने ।
– वित्तीय श्रोत परिचालन र व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउदैं लैजाने, कर संकलन तथा आर्थिक कारोवार विद्युतिय सूचना प्रणाली मार्फत नियमन गर्ने ।
– सम्पत्ति कर बुझाउने कुनै करदाताले आफ्नो नाममा रहेको सम्पत्ति लुकाई वा खण्डीकरण गरी वाभौतिक संरचनान देखाई सम्पत्ति मूल्याङ्कन गराई कर तिरेको प्रमाणित भएमा वास्तविक सम्पतिको मूल्याङ्कनबाट लाग्ने कर रकममा साविकमा बुझाएको रकम घटाई बांकी रहने रकममा जरीवाना गरी असुल गर्ने ।
– आगामीआ.ब.मा राजश्व सुधार योजना प्रतिवेदन बमोजिम कर प्रशासनमा आवश्यक सुधार गर्दै जाने ।
– नगरपालिकाबाट माथि उल्लेखित कार्यहरू पूरा गर्न आन्तरिक आयका स्रोतहरूबाट रु. १९ करोड संकलन गरिनेछ । बाँकी रकम संघीय सरकार र प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, नगरपालिकाले राजस्व बाँडफाँड प्राप्त गर्ने रकम र अन्य रकमबाट परिचालन गरिनेछ । उक्त रकममध्ये सामाजिक विकासतर्फ २७ प्रतिशत, पूर्वाधार विकासतर्फ ४१ प्रतिशत, कार्यालय संचालन तथा प्रशासनिक र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ २१ प्रतिशत र आर्थिक विकास तर्फ ८ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।