कोरोनाबाट रुपन्देहीका उद्योगी खड्काको निधन


भैरहवा– कोरोना भाइरस संक्रमित उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको बिहीबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही हप्ताअघि कोरोना संक्रमणको कारण श्रीमती गुमाएका खड्काको पनि विहीबार निधन भएको हो ।उनी रुपन्देहीका रहेको टाइगर ब्रुअरी उद्योगका अध्यक्ष हुन् भने विभिन्न उद्योग प्रष्ठिानमा उनको लगानी छ ।
५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकाले पनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।
भेन्टिलेटरमै उपचारका क्रममा आज उनलेको मृत्यु भएको हो । सफल उद्योगी खड्काका २ छोरा र १ छोरी छन् ।
प्रतिकृया दिनुहोस्