March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अक्सिजन प्लान्ट जडान गर्न भीम अस्पताललाई संघसंस्था र उद्योगी–व्यवसायीको हसयोग

भैरहवा, जेठ २ । भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि यहाँका विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीले सहयोग गरेका छन् । आइतबार अस्पतालमा पुगेर संघसंस्था र उद्योगी–व्यवसायीले नगद, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

Advertisement

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्तालाई लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले एक लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले ५० थान सिलिन्डिरका लागि ३२ हजार ५ सय रुपैयाँ, दुधनाथ जैसवालले ११ थान अक्सिजन सहयोग गरेका छन् ।

Advertisement

यस्तै, मनोज गौचनले १०, प्रख्यात बन्जाडेले ५, संजीव जोशीले ९ र मालादेवी मिश्राले १० थान अक्सिजन सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन समिति अध्यक्ष भण्डारीले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भइरहेका बेला संघसंस्थाको सहयोगले अक्सिजन प्लान्ट जडानमा सहयोग पुग्ने बताए । उनले प्लान्ट जानलाई पूर्णता दिन आफू लागि पर्ने जनाए ।

यस्तै, अस्पताललाई अर्घाखाँची सिमेन्टको तर्फबाट उद्योगका संचालक राजेशकुमार अग्रवालले ५ हजार एक सय पिस एन ९५ माक्स सहयोग गरेका छन् । ग्रिन सिटीका अध्यक्ष शिबनाथ गुप्ताले महामारीमा विरामीको उपचारमा सहजता ल्याउनका लागि अक्सिजन प्लान्ट जडान गर्न आफूहरुले हातेमालो गरेको बताए ।