April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

भैरहवा, वैशाख ३१ । रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन गरिने भएको छ ।

Advertisement

शुक्रबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा बसेको जिल्ला सुरक्षा समिति लगायत सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको हो ।

Advertisement

निर्णय अनुरुप ती प्लान्टमा शनिवारदेखि नेपाली सेना खटाइने छ र सेनाले नै अक्सिनको व्यवस्थापन गर्नेछ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजनको उत्पादनलाई बृद्धि गर्न र प्रभावकारी व्यवस्थापन गर्नका लागि नेपाली सेनाको परिचालन गरिने बताए ।

‘सेनाले व्यवस्थापन गर्यो भने यसबाट अक्सिजनको उत्पादन र बितरण प्रक्रियामा सहज वयवस्थापन हुने छ’, प्रजिअ तामाङले भने । जिल्लामा अक्सिजनको अभाव भएपछि प्रशासनले व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइरहेको छ ।

बैठकमा सुरक्षा समितिसहित अक्सिजन उत्पादक प्लान्टका व्यवस्थापक र नेपाल बिद्युत प्राधिकरणका प्रतिनिधि समेत सहभागी थिए । रुपन्देहीमा शंकर अक्सिजन ग्याँस प्रालि, छिपागढ, लुम्बिनी अक्सिजन ग्याँस इण्डष्ट्रिज, पड्सरी र लुम्बिनी अक्सिजन ग्याँस प्रालि, तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् ।