लुम्बिनी प्रदेशमा अब एक हजारमै पीसीआर परीक्षण


बुटवल, वैशाख ३१ । लुम्बिनी प्रदेश सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क घटाउने निर्णय गरेको हो ।
शुल्क घटेसँगै अब प्रदेशका सरकारी अस्पताल र प्रयोगशालाले एक हजार रुपैयाँमै पीसीआर परीक्षण गर्नुपर्ने छ । यसअघि पीसीआर परीक्षण शुल्क दुईह जार रुपैयाँ थियो । सरकारी अस्पतालहरुलाई पहिला पनि एक हजार रुपैयाँमा परीक्षण गर्न भनिएको थियो । तर अस्पतालले घाटा पर्ने भन्दै अटेरी गर्दै आएका थिए । निजीलाई भने दुई हजारै कायम गरिएको थियो ।
परीक्षण शुल्क घटाएसँगै अस्पतालहरुलाई पर्ने घाटाको रकम प्रदेश सरकारले उपलब्ध गराउने छ । मन्त्रालयले अटेरी गर्नेलाई कारबाहीको चेतावनी दिँदै घटाएको शुल्क लागू गर्न निर्देशनसमेत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले शुल्क घटाउने नीतिलाई कडाइसाथ लागू गरिने बताए । उनले भने, ‘हामीलाई घाटा हुन्छ भनेर अस्पतालहरु आनाकानी गरिरहेका थिए, हामीले घाटावापतको शुल्क तिर्छौ भनेपछि सहमति भएको छ । अब एक् हजारमै पीसीआर हुन्छ ।’
मन्त्रालयले शुल्क घटाएसँगै शुक्रबारदेखि नै बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले पीसीआर परीक्षण शुल्क घटाएको छ । अस्पतालले एक हजारमै परीक्षण गर्न सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि सरकारी अस्पतालहरुलाई संघीय सरकार पनि पीसीआर परीक्षण शुल्क एक हजार मात्रै लिन भनेको थियो । तर, लागू भएको थिए ।
प्रतिकृया दिनुहोस्