लुम्बिनी मनिचेन्जर व्यवसायी संघमा नयाँ नेतृत्व


भैरहवा– लुम्बिनी मनिचेन्जर व्यवसायी संघको ५औं अधिवेशनले पंकज उदासको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको छ । शनिबार भैरहवामा सम्पन्न दसौं साधारण सभा तथा पाँचौ अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्यसमितिको उपाध्यक्षमा नवराज जोशी र वासुदेव खनाल, सचिवमा इरफान खान, सह–सचिवमा राजीव उदास र कोषाध्यक्षमा लोकनाथ ज्ञवाली छन् ।
कार्यसमिति सदस्यहरुमा टीकादेवी न्यौपाने, बसन्त पोखरेल, अवध किशोर अग्रवाल, आफताब अन्सारी, यदुनाथ लम्साल, अशोक क्षेत्री र आमना शाह चयन भएको निर्वाचन समितिले जनाएको छ । विष्णुप्रसाद शर्मा, गोपाल भण्डारी र नरहरी घिमिरेलाई सल्लाहकार चयन गरिएको छ ।
यसअघि अधिबेशनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेले भारतबाट आउने भारतीय मुद्राको कारावोर गर्ने र डलरको कारोवार गर्ने अनुमती पाएका मनिचेञ्जरहरुले धेरै अन्तर हुने गरी कारोवार नगर्न आग्रह गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोका, लुम्बिनी मनिचेन्जर व्यवसायी संघका निबर्तमान अध्यक्ष तथा व्यवसायी गोपाल भण्डारी लगायतले बोल्दै व्यवसायिक हीतमा जोड दिएका थिए ।








प्रतिकृया दिनुहोस्