होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनको अध्यक्षमा राजेश महोत्रा क्षेत्री


भैरहवा– होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको अध्यक्षमा राजेश महोत्रा क्षेत्री निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न संगठनको बाह्रौं साधारण सभा तथा सातौं अधिवेशनबाट महोत्रा क्षेत्री सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । उनी यसअसघि संगठनको महासचिव भएर काम गरिसकेका छन् ।
अधिवेशनबाट संगठनको बरिष्ठ उपाध्यक्षमा लीलाधर भट्टराई, प्रथम उपाध्यक्षमा नरेन्द्र खनाल, द्वितिय उपाध्यक्षमा कल्पना भट्टराई न्यौपाने, उपाध्यक्षमा गुनाखर गौतम, महासचिवमा बालबहादुर घिमिरे, कोषाध्यक्षमा दलबहादुर थापा, सचिवमा अर्जुनप्रसाद गौतम र सहकोषाध्यक्षमा पदमराज पन्थ सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा शुभराज गौतम, सुशील पौडेल, रोमाकान्त भट्टराई, सुमन न्यौपाने, हरिप्रसाद ज्ञवाली, दामोदर पन्थी र सुधीर रावल सर्वसम्मत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।
अधयक्ष निर्वाचित महोत्रा क्षेत्रीले सबैको साथसहयोग लिएर संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने जनाए । उनले संस्था स्थापनाको उद्देश्य भनेकै सबैसँग हातेमालो गरेर यस क्षेत्रको प्रवद्र्धन र पर्यटकीय विकासमा लाग्नु भएकाले आफ्नो कार्यकाल त्यसमा केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।
उनले पर्यटकीय गतिविधि बढाउन सरकारी तहबाट साथसहयोगमा कमी भएको गुनासो समेत गरे । ‘राम्रो खालको पर्यटकीय नीति बन्न सकेन, सँगसँगै राजनीतिज्ञहरुले पनि सुनेन्’, उनले भने, ‘अब हामी व्यवसायी मिलेर पर्यटनको नीति बनाउने र यस क्षेत्रलाई चलायमान बनाउन लाग्नुपर्छ ।’ यसका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको उनले बताए ।
साना तथा मझौला होटल एवं रेष्टुरेन्ट व्यवसायीलाई अगाडि बढाउन प्रोत्साहन गर्न जरुरी रहेको जनाए । उनले भैरहवालाई कुनै एक विषयमा ‘फेमस’ क्षेत्र बनाउनुपर्ने जनाउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । संगठनले व्यवसायीलाई उत्साहित गर्ने काम गर्ने जनाउँदै अनैतिक कार्य गर्नेको संरक्षण नगर्ने प्रतिबद्धता जनाए । उनले व्यवसायीलाई कुनै क्षेत्रबाट पनि हतोत्साहित गर्न नहुने जनाए । पर्यटन व्यवसायको स्तर र गुणस्तरीय सेवामा ध्यान दिन पनि उनले सबैलाई आग्रह गरे ।
साधारण सभा तथा अधिवेशन उद्घाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्य, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का लगायतले अहिलेको अवस्थामा व्यवसायिक एकता जरुरी रहेको जनाए । उनीहरुले पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए ।








प्रतिकृया दिनुहोस्