पुस ३ गतेबाट राष्ट्रिय औद्योगिक प्रदर्शनी र कृषि, प्रविधि तथा पर्यटन महोत्सव


भैरहवा– रुपन्देहीको बुटवलमा पुस ३ देखि १७ गतेसम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजनामा महोत्सव हुन लागेको हो । यसमा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्व रहेको आयोजकले जनाए ।
संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछ ।
भर्खरै निर्माण सम्पन्न भएको आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुनेछन् । प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’लाई थप प्राथमिकताका साथ अगाडि बढाइने जनाएको छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ५०० स्टल रहनेछन् । प्रदर्शनी करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।








प्रतिकृया दिनुहोस्