May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

पुनः स्क्रिन सेयर गर्दै विपीन र सुरक्षा

अभिनेता विपीन कार्की र अभिनेत्री सुरक्षा पन्तले पुनः एकपटक स्क्रिन सेयर गर्ने भएका छन् । यो अवसर उनीहलाई चलचित्र ‘के घर के डेरा’ले जुराइदिन लागेको हो । 

Advertisement

केही दिनपछि छायांकन सुरु हुने यो चलचित्रमा मुख्य अभिनेताका रुपमा विपीन र मुख्य अभिनेत्रीका रुपमा सुरक्षाले काम गर्ने छन् । 

विपीन र सुरक्षाले यसअघि चलचित्र ‘गोपी’मा सँगै काम गरेका थिए । यी दुबैले नेपाली चलचित्र उद्योगमा चरित्र अभिनयमा उम्दा कालाकारको छवि बनाएका छन् । 

‘के घर के डेरा’लाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।