March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड महेश त्रिपाठीलाई

अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड नेपाली अभिनेता महेश त्रिपाठीले जितेका छन् । त्रिपाठी अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा थिए । उनीहरू दुबैलाई पछि पार्दै त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । 
 
नेपाली चलचित्र ‘हल्कारा’बाट उनी उत्कृष्ट अभिनेताको विधामा मनोनयनमा परेका थिए । हल्कारामा उनी रामको क्यारेक्टरमा देखिएका छन् । यो चलचित्र रिलिन हुन भने बाँकी छ । सोलो रोल पाएको पहिलो चलचित्रबाटै उनले यो उपलब्धी प्राप्त गरेका हुन् ।  

Advertisement

चलचित्र ‘हल्काराले’ वेष्ट फरेन फिल्म अवार्ड पनि हात पारेको छ । यही चलचित्रबाट वेष्ट सिनेमेटोग्राफीको अवार्ड चिन्तनराज भण्डारीले जितेका छन् । 

 “अवार्ड प्राप्त गरेको यो खबर सुन्न पाउँदा म आफैं पनि खुसी छु । व्यक्तिगत रुपमा यसले मलाई हौसला प्रदान गरेको छ । कारण आजसम्मको मिहिनेतको रिजल्ट देखिन थालेको छ, त्रिपाठीले भने, “संस्थागत रुपमा यति ठूलो फिल्म फेष्टिभलमा नेपाली फिल्म पुग्नु र हामी नोटिस हुनु देशकै चललचित्र उद्योगका लागि गौरवको कुरा हो । त्यसमा पनि महतत्त्वपूर्ण विधामा अवार्ड पाउनु आफैंमा ठूलो कुरा हो ।” 

Advertisement

१३ वर्षको फिल्म करिअरमा आफूलाई बाटो देखाउने गुरुलाई यो अवार्ड आफूले समर्पित गर्न चाहेको उनले बताए । “यो अवार्ड म विनोद पौडेल सरलाई डेडिकेट गर्न चाहन्छु । मलाई मेरो फिल्म करिअरमा बाटो देखाउने विनोद सरप्रति आभार प्रकट गर्न चाहन्छु,” उनले भने ।  

विक्रम सापकोटाले निर्देशन गरेको चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।