April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अभिनेत्री केकी अधिकारी विवाह गर्दैै

अभिनेत्री केकी अधिकारी आज विवाह गर्दैैछिन् । यद्यपि, हिजो नै विवाह भएको खबर आएका थिए । हिजो भने उनको मेहेन्दी उत्सव थियो । 

Advertisement

केकीले आज पनि दुई परिवारका सदस्यको उपस्थितीमा मात्रै विवाह गर्न लागेको उनका सहकर्मीहरुले बताएका छन् ।
 
“मलाई पनि केकीजीको विवाहको कुरा थाहा थिएन । समाचारमा आएपछि थाहा पाएँ । साथी भए पनि मेरो विवाह हुँदैछ भनेर उनले भनिनन्,” निर्देशक विशाल भण्डारीले भने, “अहिले पनि मलाई विवाहको निम्तो आएको छैन ।” 

Advertisement

यद्यपि, केकीले विवाहको कुरा चल्दा आफू सुटुक्क बिहे गर्ने पक्षमा रहेको बताउने गरेको भण्डारी बताउँछन् । “सुटुक्क विवाह गर्ने उनको सुरुदेखि कै योजना हो । विवाहको कुरा हुँदा म आफ्ना साथीहरुलाई पनि थाहै नदिइ सुटुक्क बिहे गर्छु भन्थिन् । नभन्दै त्यस्तै भयो । हामीले थाहा पाएनौं ।” 

विशाल कमेडी च्याप्यिनका निर्देशक हुन् । केकी उक्त शोकी निर्मात्री हुन् । फिचर फिल्म ‘कोहलपुर एक्सप्रेस’मा पनि उनीहरुले सँगै काम गरेका थिए । निर्देशक भण्डारीले निर्देशन गरेको यो चलचित्रमा केकी कलाकार र निर्मात्री थिइन् । 

उनले व्यवसायी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन् । तिवारी ‘हाम्रो बजार डट कम’ का सीईओ हुन् । उनी ‘फुड म्यारियो’ का पनि सीईओ तथा को–फाउन्डर पनि हुन् ।