May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज

बलिउड सिंघम अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।

ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’

फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

Advertisement